नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

एम्बुलेन्स प्रहरीको नियन्त्रणमा, निजी सवारी साधनले यात्रु बोक्न नपाउने

विएन श्रेष्ठ, असोज २३ ओखलढुंगा ।

व्यावसायीहरु सगै बसेर गरिएको निर्णयलाई अटेर गरेपछि आईतबार जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जिल्लामा सञ्चालनमा रहेका दुईदर्जन बढि बोलेरो जीपहरुलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सबै बोलेरो जीपहरु रातो नम्बरप्लेट भएका गाडिहरु हुन् । निजी प्रयोजनका लागि भनेर ल्याईएको बोलेरो गाडिहरुले यात्रु तथा व्यापारीक सामान ओसार पसार गरेकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

                                                          नियन्त्रणमा लिइएकाे बाेलेराे

ओखलढुंगामा रातो नम्बरप्लेटका निजी सवारीसाधनले भाडामा यात्रु बोक्ने गर्दै आएका छन् । स्थानीय प्रशासनको यो कडाई सगै जिल्लामा रातो नम्बरप्लेट भएका सवारी साधनले भाडामा यात्रु तथा व्यापारीक प्रयोजनका सामानहरु बोक्न नपाउने भएका हुन् ।

रातो नम्बरप्लेटका साना बोलेरो जिपले बढी भाडा असुलेको र क्षमता भन्दा बढी यात्रुबोकेको गुनासो बढेपछि भाडामा यात्रु र व्यापारिक प्रयोजनका सामाग्री बोक्न नदिने निर्णयलाई कडाई गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक अर्जुन प्रसाद निमिल्सीनाले बताउनु भयो ।

                                           अाेखलढुङ्गा प्रहरी प्रमुख अर्जुन प्रसाद तिमल्सीना

“निर्णयलाई कार्यान्वयन गराउन बोलेरो गाडी नियन्त्रणमा लिईएको हो । जिल्लामा सञ्चालीत रातो नम्बरप्लेट भएका तर भाडामा प्रयोग भएका जिपहरुलाई कालो नम्बरप्लेट बनाउन भनेका छौँ । हाम्रो आग्रह नमाने तोकेको मिति भन्दा उता कुनै पनि गाडिहरुलाई भाडामा यात्रु बोक्न दिँदैनौ । अनुगमनका क्रममा पाईएमा कडा कारबाहीगर्छौ । त्यो कार्बाही यातायात विभागमा दर्ता गरिएको नम्बरप्लेट खारेज सम्म हुन सक्छ ।”

                                    गाडी चालकहरुसग छलफल गर्दै अाेखलढुङ्ग प्रहरी प्रमुख

ओखलढुङ्गा स्थानीय प्रशासनले असोज मसान्त सम्म रातो नम्बरप्लेटलाई कालो बनाउन तथा प्रक्रियामा जान भनेको छ । तर तोकिएकै मिति भित्र कालो नम्बरप्लेट बनाउन नसकिने व्यवसायीहरुले बताएका छन् । आईतवार २५ वटा रातो नम्बरप्लेट भएका बोलेरो जिपहरु प्रहरीको नियन्त्रणमा परेका थिए । नियन्त्रणमा लिइएका सवारी साधनलाई अब देखि भाडामा यात्रु तथा व्यापारिक प्रयोजनका सामाग्री नबोक्ने सर्तमा आईतवार साझ नै छाडिएको छ । यसरी नियम विपरित सञ्चालनमा रहेका सवारी साधन जिल्लामा सय भन्दा बढि रहेको अनुमान छ ।

जस्तो सुकै उकालो तथा ग्रामिण कच्ची सडकमा बोलेरो गाडिहरु जाने भएकाले यसको प्रयोग बढी छ । २०७४ भाद्र २७ गते जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको यातायात व्यस्थापन समितीको बैठकले सम्पुर्ण रातो नम्बरप्लेट भएका सवारीलाई दशैँपछी भाडामा यात्रु बोक्न नपाईने भन्ने निर्णय गरेको थियो ।

नियन्त्रणमा लिइएकाे एम्बुलेन्स

 

एम्बुलेन्स पनि नियन्त्रणमा
बिरामी बोक्ने एम्बुलेन्सले यात्रु, तरकारी तथा खाद्य सामाग्री ओसारेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय भुपु सैनिक संघ ओखलढुंगाले सञ्चालन गरेको एम्बुलेन्सले बिरामी बोक्नु भन्दा फरक प्रयोजनमा सञ्चालन गरिएको पाईएकोले नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक अर्जुन प्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो । एम्बुलेन्सले बिरामी बोक्न बाहेक लाश, खाद्य सामाग्री तथा तरकारी बोकेको गुनासो आएको र अनुसन्धान गर्दा त्यस्तै पाईएकोले नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख तिमिल्सीनाले जानकारी दिनुभयो ।