नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

U 19 एशियाकप कृकेट छनौटमा नेपालको सानदार जित

अाेखलढुङ्गान्युज डटकम , भदौ २७ –काठमाडौं

शोमवार भएको १९ वर्ष मुनिको एशियाकप कृकेटको छनौट खेलमा थाईल्याण्डलाई नेपालले फराकिलो अन्तरले जितेको छ । सोमबार भएको खेलमा प्रभावशाली जित निकाल्दै राम्रो सुरुवात गरेको छ । शोमवार भएको खेलमा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले हराएको हो ।

नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए । त्यस्तै किशोर महतो, नन्दन यादव र शहाब आलमले एक(एक विकेट लिए । २ सय ८२ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याण्डले १० ओभरमा २६ रन बनाउँदा सबै विकेट गुमायो । थाइल्याण्डका ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

टस हारेर पहिले ब्याटिङमा आएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । नेपालका अनिलकुमार साहले ७४ बलमा पाँच छक्का र ६ चौकाको मद्दतमा ९१ रन बनाए भने प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकाको मद्दतमा ५० रनको योगदान गरे ।

त्यस्तै सन्दिप सुनार ५७ बलमा ३२, रोहितकुमार पौडेल ३० बलमा २८, कप्तान दिपेन्द्रसिंह ऐरीले ३२ बलमा २२ र आशिफ शेख २६ बलमा २१ रन बनाए । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्कासहित नटआउट २२ रन बनाएका हुन् ।

मलेसियामा भइरहेको प्रतियोगितामा नेपालसहित समूह ‘ए’ मा सिंगापुर, थाइल्याण्ड र भुटान तथा समूह ‘बी’ मा चीन, हङकङ, मलेसिया र म्यानमार छन् ।

हरेक समूहको शीर्ष दुईमा रहने  टिम छनौटको सेमिफाइनलमा पुग्ने छन् । फाइनलमा पुग्ने दुई टिम १९ वर्षमुनिको एसिया कपका लागि छनौट हुने भएकाले नेपालका लागि थाइल्याण्माथिको जित महत्वपूर्ण रहेको छ ।