नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ओखलढुंगाका दुई अपहरणकारी काठमाडौंबाट पक्राउ

ओखलढुंगा न्युज २६ भदौ ओखलढुंगा ।
अपरहण गरी गेष्टहाउसमा बन्धक बनाई राख्ने ओखलढुङगा सिद्धिचरण नगरपालिका–९ का २२ बर्षीय गोपाल गिरी र २३ बर्षीय दिनेश भुजेललाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

उनीहरुले खोटाङ धारापोखरी गाउँपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर बस्ने ३० बर्षीय साजन मगरलाई लेनदेनको बिषयलाई लिएर अपहरण गरी सुकेधारास्थित माइली गेष्टहाउसमा बन्धक बनाएका थिए ।

सोको जानकारीसँगै पुगेको महानगरीय प्रहरी प्रभाग सुकेधाराबाट खटिएको प्रहरी टोलीले मगरलाई सकुसल उद्धार गरी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।