नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

मोटरसाईकल चोरीको आरोपमा ओखलढुंंगामा चार युवा पक्राउ

रामहरि श्रेष्ठ २६ भदौ ओखलढुंगा
ओखलढुंंगामा मोटरसाईकल चोरीको आरोपमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा खोटाङको हरमटार १ का २० वर्षीय संञ्जिब नेपाली,सर्लाहीको सितापुर १० का १८ बर्षिय हरेस कुश्वाहान,सुनसरीको रामधुनी १ का १८ बर्षिय रोबिस चौधरी र मोरङ्गको रतुवा गाउपालिका ४ का १८ बर्षिय प्रदिप बस्नेत रहेको प्रहरीले जनाए ।

उनिहरुलाई बा ४४ प ५७३८ नम्बरकोे चोरीको मोटरसाईकल सहित आईतबार बेलुका पक्राउ गरिएकोे ओखलढुंगा प्रहरी प्रमुख डिएसपी प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए । शुभ लक्ष्मी सहकारी संस्थाको नाममा दर्ता भई कवी ओझाले प्रयोग गर्दै आएको मोटरसाईकल यही भदौ २२ गते शुक्रबार ओझाको घर सिद्धिचरण नगरपालिका ११ बाटै उनिहरुले चोरी गरेका थिए ।

चोरी गर्ने मध्ये सुनसरीको रामधुनी १ का १८ बर्षिय रोबिस चौधरी भने मोटरसाईकल सहित हर्कपुरबाट पक्राउ परेका हुन् । अन्यलाई भने चोरीमा संलग्न भएको चौधरीको बयानका आधारमा पक्राउ गरिएको प्रहरी प्रहरी प्रमुख तिमिल्सिनाले बताए ।

चोरीमा संलग्न पाँच जना मध्ये अर्का एकजना भने फरार रहेका छन् । फरार हुनेमा खोटाङको हरमटार १ का अन्दाजी १९ बर्षिय युवराज नेपाली रहेको तिमिल्सिनाको भनाई छ । उनिहरु पाँचै जना ज्यमि कामका लागी ओखलढुंगा आएको बुझिएको छ ।