नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुंगामा टाटासुमोले मनपरि भाडादर असुल्दै

रामहरि श्रेष्ठ,२४ भदौ ओखलढुंगा

ओखलढुंगा रामपुर प्रप्चा सडक खण्डमासञ्चालीत साना सवारीसाधन टाटासुमोले मनपारी भाडादर असुल्ने गरेको पाईएको छ । कच्चि सडकको बाहाना देखाउदै मनपरि भाडादर लिने गरेको यात्रुको गुनासो छ । सदरमुकाम ओखलढुंगा देखी रामपुर बजार सम्मको टाटासुमोको निर्धारीत भाडादर १ सय ५० रुपौया रहेको भएपनि सवारीसाधनले भने मनपरी रुपमा भाडा असुल्ने गरको स्थानिय शिक्षक युवराज कटवालले बताए ।

बर्षाका कारण सडक बिग्रिएको भन्दै साना सवारीसाधन टाटासुमोले २ सय रुपौया सम्म भाडा असुल्ने गरेका छन् । “सदरमुकामबाट रामपुर सम्म पुग्दा २ सय रुपौया लियो,यस बिषयमा ड्राईभरसंग कुरा गर्दा कच्चि सडकलाई कारण देखाउछ”कटुवालले भने । टाटासुमोले बढि भाडा लिएको बिषयमा केहि समय अघि ईलाका प्रहरी कार्यलय रामपुरमा दुई जनाले उजुरी समेत दिएका थिए ।

ओखलढुंगा रामपुर प्रप्चा सडक खण्डमा सञ्चालीत ना १ ज ३६५६ नम्बरको टाटा सुमोले दुईजना यात्रुसंग नियमीत भन्दा ५०–५० रुपौया बढि भाडादर लिएको पाईएकाले गाडिलाई नियन्त्रणमा लिई बढि लिएको भाडादर फिर्ता गराईएको ईलाका प्रहरी कार्यलय रामपुरका सई डिबि बस्नेतले बताए । बढि भाडादर लिने टाटासुमोका ड्राईभरलाई आगामी दिनमा यस्तो नर्गन समेत सचेत गराईएको बस्नेतको भनाई छ ।

साना सवारीसाध सुमोले बढि भाडा लिईरहेको बिषयमा यस अघि सर्बसाधारणबाट कुरा उठेकाले सो सडकखण्डमा सञ्चालीत सबै सवारी धनीहरुलाई स्थानिय प्रसासनबाट निर्धारण गरिए अनुसारको मात्र भाडादर लिन सजग गराईएको बस्नेतले बताउनुभयो । यसरी सवारीसाधनले खुलेयाम मनपरी भाडादर असुलिरहदाँ समेत स्थानिय प्रसासन भने मौन रहेको स्थानियको आरोप छ ।