नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुंगाका जनप्रतिनिधी र प्रशासकको प्रतिबद्धता “म घुस खान्न, दिन्न र सहन्न”

ओखलढुङ्गान्युज डटकम, भदौ २४ ओखलढुंगा ।

ओखलढुंगामा भ्रष्टाचार विरुद्धको नागरिक अभियान ‘म घुस खान्न, दिन्न, सहन्न’मा सहभागी हुँदै जनप्रतिनिधी र प्रशासकहरुले घुस नखाने र खान नदिने प्रतिबद्धता जनाएका छन् । नागरिक समाज ओखलढुंगाको तर्फबाट गैर सरकारी संस्था महासंघ र मानववादी समाज सोच नेपालले संयोजन गरेको हस्ताक्षर संकलन अभियानमा शुक्रवार बोल्दै उनीहरुले घुख नखाने र खाएको पाइएमा कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

                                     म खादिन अभियानमा हस्ताक्षर गर्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्त

अभियानमा हस्ताक्षर गर्दै सिद्धिचरण नगरपालिकाका उप मेयर इच्छाकुमारी गुरुङले भ्रष्टाचारलाई न्यूनिकरण अभियानमा आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कर्मचारी, नेता, जनप्रतिनिधी सबै घुस नखाने कुरामा प्रतिबद्ध हुँदै घुस खानेलाई कारवाही गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घुस खान्न दिन्न र सहन्न भन्ने अभियान खाने, दिने र सहयोग गर्ने सबै दोषी भएकाले कारवाही गर्नु पर्ने आषयले चलाइएको बताउनुभयो । उहाँले खाने, दिने र सहयोग गर्ने सबै दोषी भएकाले सबै मिलेर निरुत्साहित पार्ने र दोषीमाथि कारवाही गर्न जुट्नु पर्ने बताउनुभयो । पन्तले भन्नुभयो, “मन्त्रीको आदेश आए पनि गैह« कानुनी काम नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु । गैससका काम पारदर्शी नभएको गुनासा आउने गरेको छ, पारदर्शी र उद्देश्यमुखी भएर काम गर्न पनि सेवाप्रदायक निकायहरुलाई अनुरोध गर्छु ।”

अभियानमा सहभागीहरुले नागरिक समाजका संस्थाहरुमाथि अपारदर्शी हुन्छन् भनेर लागेको आरोप खण्डन गर्न काम कारवाहीमा पारदर्शी हुनु पर्ने पनि बताएका छन् । सहयोगी हातहरुको समूह (सहास) नेपालका टंक गौतमले नागरिक समाजका संस्थाहरुका काम जनताले थाहा पाउने व्यबस्था भए र जनप्रतिनिधी जानकार रहेमा पारदर्शी आफै हुने बताए ।

गैसस महासंघका अध्यक्ष सचना श्रेष्ठले परियोजनाका गतिविधीहरु छाता संगठनमा पेश गर्ने पद्धति शुरु गरे धेरै हदसम्म पारदर्शी हुने बताइन् । जिल्लामा क्रियाशील गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी र प्रशासकहरुले म घुस खान्न, दिन्न र सहन्न भन्ने हस्ताक्षर अभियान अन्तर्गत ब्यानरमा हस्ताक्षर गरेर सहभागी भएका छन् ।

अभियान कार्यक्रम तस्वीरमा ः

 

                                                                                            हस्ताक्षर गर्दै उपमेर इच्छा कुमारी गुरुङ्ग