नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा १४औं निजामती कर्मचारी सेवा दिवस मनाईयो

ओखलढुङ्गान्युज डटकम, भदौ २२ ओखलढुङ्गा

आज ओखलढुङ्गामा पनि विविध कार्यक्रमका साथ १४औ निजामती कर्मचारी दिवस सम्पन्न भएको छ । दिवस अन्तर्गत ओखलढुंगामा पनि नेपाल खाद्य सस्थानको गोदाम अगाडिवाट जिल्ला समन्वय समिति सम्म ¥यालीको आयोजना गरिएको छ ।

¥याली पछि जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम सगै शुभकामनाको आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । निजामती कर्मचारीको प्रतिबद्धता(पारदर्शिता र चुस्तता भन्ने मूलनाराका साथ १४ औं निजामती कर्मचारी दिवस मनाईएको हो । ¥याली पछि विपद व्यवस्थापनमा निजामती कर्मचारीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

शुभकामना सहित सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पन्तले नेपालमा रहेको कूल ३ करोड जनसंख्या मध्येवाट नागरिकको सेवाका लागि सक्षम भनेर करीब ८० हजारलाई सरकारले समेत विश्वास गरेको छ । त्यसैले नया संबिधान जारी भएर कार्यान्वयनको क्रममा रहेको बेलामा निजामती कर्मचारीहरुले कुनै भाग नखोजी सबिधान पूर्णरुपमा कार्यान्वयन गराउन आफ्नो तर्फवाट लाग्नु पर्ने बताउनुभयो । नागरिकहरुले तिरेको करलाई पारिश्रमीक स्वरुप लिएर काम गरेकोले नागरिकहरुले तिरेको करको सम्मान गर्न सक्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी पन्तले जोड दिनुभयो ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख एवम् स्थानय विकास अधिकारी यामलाल अधिकारीले निजामती सेवा दिवस आफुले प्रदान गरेको सेवाको समिक्षा गर्ने दिनभएको बताउनु भएको छ । समिक्षाको दिन भएकोले समिक्षा र आत्म मनन गर्दै सेवामा रहदा गरेको कर्म र सेवा रिटायर भएपछि पनि सम्झनालाई योग्य हुने गरिगर्न शुभकामना सहित आग्रह गर्नुभयो ।

विपद व्यवस्थापनमा निजामती कर्मचारीको भुमिका विषयक अन्तरक्रियामा शुभकामना राख्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, स्थानीय विकास अधिकारी यामलाल अधिकारी, नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका कार्यवाहक अध्यक्ष शिव ढुंगाना, आधिकारिक ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष राजन दाहाल लगायतले सम्बोधन गर्नुभएको थिए । कार्यक्रमको सञ्चालन भने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले गर्नुभएको थियो

२०१३ साल भदौ २२ गते निजामती कर्मचारी सेवा ऐन पास भएको खुशियालीमा २०६१ भदौ २२ देखि निजामती कर्मचारी दिवस मनाउन थालिएको हो ।

अाेखलढुङ्गाकाे निजामती कर्मचारी दिवसका झलकहरु तस्वीरमा :