नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

६० लाख बढी अवैध भारुसहित दुईजना पक्राउ

ओखलढुङ्गान्युज डटकम, भदौ १८ काठमाण्डौ ।
स्वयम्भु प्रहरीले काठमाडौंबाट ६० लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा गोरखा र नेपालगञ्ज घर भएका दुई जना अवैध भारुसहित उनिहरु शनिवार पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट भारतमा प्रतिवन्धित पुराना नोटहरु बरामद भएको र गन्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रहरी नायव उपरिक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

‘६० लाखभन्दा बढी गनिसक्यौं । अझै केही गन्न बाँकी छ’ श्रेष्ठले भने, ‘प्रतिवन्धित नोटसहित समातिएकाहरु बारे हामी अनुसन्धासान पनि गर्दैछौं ।’ अनुसन्धान पछि आवश्यक कार्वाही प्रकृया अघि वढाईने पनि प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।