नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

दुर्घटनाका मृतकको शब शनिवार सोलुखुम्बु पठाउन सकिएन

दानुरी शेर्पा, ओखलढुङ्गा भदौ १७ ।

ओखलढुगांको खिजीचण्डश्वरीमा जीप दुर्घटनामा परी ज्यान गएका सोलुखुम्बुका ल्हाक्पादेण्डी शेर्पाको शब अझै सोलुखुम्बु पठाउन सकेको छैन । मौसमको खराबीले गर्दा सोलु पठाउन नसकिएको इलाका प्रहरी कार्यालय खिजीफलाटेले जनाएको छ ।

हिजो काठमाडौँबाट खिजीचण्डेश्वरी आँउदै गरेको ना १ ज ५६७८ नम्बरको सीटी भिलेज यातायातको टाटासुमो चण्डेश्वरीमा दुर्घटना हुँदा सोलुखुम्बुको दुधकोशी गाँउपालिका वडा नं. ७, वाकुका ३६ बर्षका ल्हाक्पा देण्डी शेर्पाको ज्यान गएको थियो ।

यस्तै ५ जना गम्भिर घाइतेलाई शनिवार बिहान सिम्रीक एयरको हेलीकप्टर मार्फत काठमाडौ पठाईएको छ । बाँकी ३ जना सकुशल रहेको र उनीहरुसँगै मृतकको शब आईतवार फाप्लु पठाउने तयारी भएको इलाका प्रहरी कार्यालय खिजीफलाटेका सहि पशुपतिनाथ झाले बताउनुभयो । सोही जिपका चालक रामबहादुर बम्जन भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

चालकलाई पनि भोली आईतवार नै जिल्ला प्रहरी कार्यालय ओखलढुगांमा पठाउने ईलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार यात्रुको जबरजस्तीले गर्दा हिलाम्य सडकमा गाडी गुडाउनु परेकाले दुर्घना भएको हो ।

दुलही माग्न आएका उनीहरुले चालकलाई जसरी पनि पु¥याईदिनुपर्छ भनेर आग्रह गरेपछि, दुर्घटना भएको चालकले बताएका छन् । उनीहरुले ल्याएका ५ कार्टुन भन्दा बढी बियर र अन्य सामग्री पनि नष्ट भएको इलाका प्रहरी कार्यालयका सही झाले जानकारी दिनुभयो ।