नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुंगाको रामपुरमा बजार सरसफाई

 

१७ भदौ ओखलढुंगा
ओखलढुंगाको मोलुङ गाउँपालिकामा २ बरुणेस्वर स्थित रामपुरमा बजार सरसफाइ अभियान सुरु भएको छ । स्वास्थ चौकी रामपुर, इलाका प्रहरी कार्यलय र मुक्तिनाथ बिकास बैकको संयुक्त सहकार्यमा टोल सफाई अभियान सुरु गरिएको हो ।

आफ्नो समुदायलाई स्वच्छ, सफा र सुन्दर राख्ने उद्देश्यले अभियान सुरु गरिएको मुक्तिनाथ बिकास बैक रामपुर शाखाका म््यानेजर बिष्णु हरि उपाध्यायले बताउनुभयो । गत साताबाट सुरु भएको अभियान अन्तरगत प्रत्येक हप्ताको शनिबार बजार सरसफाई गरिदै आएको छ ।

स्थानीय बासिन्दाहरुको सक्रियतामा सुरु गरिएको अभियान आज दोस्रो हप्तामा प्रवेश गरेको छ । अभियानमा वृद्धबद्धा , प्रहरी, युवा, व्यापारी, स्वास्थकर्मी ,शिक्षक तथा स्थानीय बासीन्दाहरुको सहभागी रहेको थियो ।

बजार ब्यबस्थापन समितीले फोहोर संकलनका लागि उचित ध्यान नदिएको भन्दै स्थानियहरु आक्रोसित समेत भएका छन् । फोहोरमैला ब्यवस्थापानका लागी स्थानिय बासीन्दाहरुलाई सचेत समते गराईएको छ ।