नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

बिहेका लागि केटी माग्न हिडेको टाटा सुमो दुर्घटना ,एकको मृत्यु ,एक गम्भिर घाईते

  

रामहरि श्रेष्ठ १७ भदौ ओखलढुंगा
बिहेका लागि केटी माग्न हिडेको टाटा सुमो दुर्घटना हुदाँ ओखलढुंगामा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाईते भएका छन् । दुर्घटनामा सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुका ३६ बर्षीय लाक्पा देण्डी शेपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

शुक्रबार बेलुका रामेछापको धोबीबाट ओखलढुंगाको खिजिचण्डेश्वरी आउदै गरेको ना १ ज ५६७८ नम्बरको टाटा सुमोे खिजीदेम्बा गाउपालिका ३ स्थित चण्डेश्वरी माबि छेउको उकालोमा ब्रेक फेल भई चिप्लीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य पाँच जना घाईते भएका छन् । घाईते मध्ये सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुकै ४६ बर्षीय आङदली शेर्पाको अवस्था गम्भिर रहको छ ।

उनिहरुको चण्डेश्वरी स्वास्थ्य चौकीमा उपचार भैरहको खिजिफलाटे प्रहरी पोष्टका सई पशुपतीनाथ झाले जानकारी दिनुभयो । चालक सहित १० जना यात्रु सवार टाटासुमो सडक किरानबाट झन्डै दुई सय मिटर तल खसेको प्रहरीको भनाई छ ।