नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुंगामा १ प्रतिनिधिसभा र २ प्रदेशसभ निर्वाचन क्षेत्र निर्धारण

रामहरि श्रेष्ठ ,१६ भदौ ओखलढुंगा

ओखलढुंगामा निर्वाचन क्षेत्र निर्धारण आयोगले १ प्रतिनिधिसभा र २ प्रदेशसभा हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरेको छ । यस अघि दुईवटा निर्वाचन क्षेत्र कायम रहेको ओखलढुंगामा अब भने एक वटा मात्र रहने भएको छ । प्रदेशसभाका लागी भने २ वटा निर्वाचन क्षेत्र हुने भएका छन् ।

जिल्लामा प्रतिनिधि सभाका लागि एक र नयाँ संरचना अनुसार प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र कायम गरिएको हो । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि देश भरी १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।

जस अनुसार ओखलढुंगामा प्रतिनिधि सभाका लागी एक निर्वाचन क्षेत्र निर्धारण भएका हुन् । प्रदेश सभाका लागि भने क्षेत्र नम्बर १ अन्तरगत खिजिदेम्बा गाउपालिका ,मोलुङ गाउपालिका ,चिशंखुगढि गाउपालिका र सिद्धिचरण नगरपालिकाको दश नम्बर बाहेकका १,२,३,४,५,६,७,८,९ ,११ र १२ नम्बर वडाहरु परेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ अन्तरगत लिखु गाउपालिका,चम्पादेबी गाउपालिका,सुनकोशी गाउपालिका,मानेभञ्ज्याङ गाउपालिका र सिद्धिचरण नगरपालिकाको वडा नम्बर १० परेको निर्वाचन अयोगले जनाएको छ ।