नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

बैशाखमा लिईएको कक्षा १२ को परिक्षाफल प्रकाशित

ओखलढुङ्गान्युज डटकम, काठमाण्डौ भदौ, १६ ।
राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । प्रकाशित परिक्षाफल अनुसार परीक्षामा सहभागी भएका मध्ये नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।

परीक्षा नियन्त्रक बतासका अनुसार नियमिततर्फ एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् ।

त्यसैगरी आंशिकतर्फ परीक्षा दिएका एक लाख सात हजार पाँच सय ६९ जना सहभागी मध्ये ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् । बिहीबार साँझ व्यवस्थापन, मानवीकी र शिक्षा संकायतर्फको परीक्षाफल सार्वजनिक भएको हो ।

कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते नै प्रकाशन गरिसकेको छ ।

सार्वजनिक गरिएको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा मन्त्रालय, शिक्षा विभागसहित अन्य वेबसाइटमा हेर्न सकिने बोर्डले जनाएको छ ।

यसरी हेर्नुस परीक्षाफल :