चट्याङ र करेन्ट लागेर ओखलढुंगामा दुई जनाको मृत्यु
प्रकासित मिति : २०७४, १० भाद्र शनिबार ०६:३४
प्रकासित समय : ०६:३४
रामहरि श्रेष्ठ १० भदौ ओखलढुंगा
। चट्याङ र करेन्ट लागेर ओखलढुंगामा दुई जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका १० बेतिनीमा शुक्रबार साझ करेन्ट लगेर एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ३५ बर्षीय ढक कुमारी धमला रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
घाँस काटेर घर फर्किने क्रममा लघु जलबिद्युत अयोजनाको तार चुडिएर भुईमा झरेकाले पानी परेकाले अवस्थामा धमलालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका कार्कीले बताउनुभयो ।
त्यस्तै बिहिबार साझ पानीसंगै परेको चट्याङ लागेर मोलुङ गाउपालिका ७ पात्ले अन्दाजी ६३ बर्षिय फुर्वा शेर्पाको मृत्यु भएको छ । उनलाई आफ्नै घरमा बसीरहेको अवस्थामा चट्याङले लगेको प्रहरीले जनाएको छ ।