नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा ८ हजार मतदाता थपिए

ओखलढुङ्गान्युज डटकम,ओखलढुंगा भदौ ६ ।

फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिदा जिल्लामा ८ हजार भन्दा  बढी मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ८ हजार ७६ जनाले आफ्नो नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका अनुसार सबभन्दा बढि मानेभञ्ज्याङ्ग गाउपालिकामा ९ सय ६६ जनाले नाम दर्ता गाराएका छन् ।

फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नेहरुमा ३ हजार ६ सय ८३ जना पुरुष, ४ हजार ३ सय ९३ जना महिला रहेका छन् । यो सँगै ओखलढुंगामा कुल मतदातको संख्या १ लाख १ हजार ९ सय १२ पुगेको छ । यस अघि निर्वाचन अयोगबाटा आएको सुचिमा जिल्लामा कुल मतदातको संख्या ९३ हजार ८ सय ४१ रहेको थियो ।

स्थानीय तहको निर्वाचनपछि सर्बसाधरणमा चेतना स्तरको बृद्धि भएकाले उल्लेखनीय रुपमा सर्वसाधरणले मतदाता नामवलीमा नाम दर्ता गराएका छन् । स्थानीय तहमा नै धेरैमात्रामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएको जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले बताउनुभयो ।

साउन एक गते देखि १५ गते सम्म जिल्लाको सदरमुकाममा रहेको निर्वाचन कार्यालयमा मात्र नामवली दर्ता भइरहेको भएपनि आयोगको निर्णय अनुसार साउन १६ गते देखि भदौ ३ गतेसम्म ओखलढुङ्गाको ७ गाउपालिका र १ नगरपालिका सहित जिल्लाको ८ वटै स्थानिय तहबाट मतदाता नामवली संकलन गरिएको थियो । नगरपालिकाको भने जिल्ला निर्वाचन कार्यालयवाट नागरिकलाई फोटो खिचेर नाम दर्ता गराउने अवसर दिईएको थियो ।