नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

जिसस ओखलढुंगामा नेपाली काग्रेसको प्यानल विजयी

रामहरि श्रेष्ठ २ भदौ ओखलढुंगा

जिल्ला समन्वय समिति ओखलढुंगाको शुक्रबार सम्पन्न निर्वाचनबाट नेपाली काग्रेसको प्यानलनै विजयी भएको छ । ९ सदस्यीय जिल्ला समन्वय समितिको संयोजकमा काग्रेसका जयबहादुर श्रेष्ठ र उपप्रमुखमा दिलकुमारी खतिवडा निर्वा्चित भएका छन् ।

उपप्रमुख खतिवडा निर्वीरोध निर्वाचित भएका हुन् । सदस्यहरुमा बिजय लामा, सुन्तला परियार, होमबहादुर बिक, ओमकुमारी दाहाल, सिता सार्की, निरबहादुर मगर र रामचन्द्र बोगटीे निर्वा्चित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नवनिर्वा्चित प्रमुख श्रेष्ठले ९ मत ल्याउदा नेकपा एमालेका प्रकाश कटुवालले ६ मत प्रप्त गर्नुभएको थियो । ८ स्थानीय तह रहको ओखलढुंगामा नेपाली काँग्रेसको ९, नेकपा एमालेको ६ र माओबादी केन्द्रको १ मत रहेको थियो ।

जिसस समितीका निर्बाचित पदाधिकारीहरुलाई शुक्रबार नै सपथ लिएका छन् ।