नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

चिनद्वारा सुडानलाई १५ सय टन चामल सहयोग

जुवा (दक्षिण सुडान), साउन २८ ।
द्वन्द्वग्रस्त मुलुक सुडानमा युद्धका कारण भोगमरी फैलिएको छ । दक्षिणी सुडानमा भोकमरी फैलिएपछि चिनियाँ सरकारले आकस्मिक रूपमा बिहीबार १५ सय टन चामल राहत स्वरुप प्रदान गरेको छ । चीनले गत अप्रिलमा आठ हजार आठ सय टन चामल द्वन्द्वग्रस्त पुर्वी अफ्रिकी मुलुकहरुलाई सहयोग स्वरुप प्रदान गर्ने प्रतिज्ञा गरेको थियो । आफुले गरेको प्रतिज्ञालाई पुरा गर्दै चिनले राहत स्वरुपको चामल प्रदान गरेको हो ।

दक्षिणी सुडानमा रहेको चिनियाँ दूतावासका एक जना उच्च अधिकारी लि छिङफेङले पहिलो चरणमा ६० कन्टेनर चामल यस अगाडी नै दक्षिणी सुडानको राहत तथा पुनःउद्दार आयोगलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । उहाँले बाँकी चामल आगामी महिना सम्ममा आइसक्ने पनि बताउनुभयो ।

चीन र दक्षिण सुडानको दुईपक्षीय सम्बन्धलाई चीनले निकै महत्व दिएको कुटनीतिक अधिकारीहरुको भनाई छ । “दक्षिण सुडानको एउटा साँच्चैको साथी र गम्भीर सहपाठीको रुपमा चीनले दक्षिण सुडानलाई सधै दह्रो सहयोग गर्दछ, दक्षिण सुडानको शान्ति प्रक्रियालाई पनि सक्दो सघाउने छ,” लिले भन्नुभयो ।

दक्षिण सुडानमा तीन बर्ष भन्दा लामो समय चलेको द्धन्द्धबाट अहिले जनताले राहत महशुस गरिरहेका छन् । द्वन्द्वरत पक्षकाबीचमा गत सन् २०१५ को अगस्तमा शान्ति सम्झौता भएको थियो । राष्ट्रसङ्घीय प्रतिनिधिहरुको रोहबरमा भएको सम्झौतापछि संक्रमणकालिन संयुक्त सरकार बनेको थियो । द्धन्द्धग्रस्त मूलुक सुडानको शान्ति सुरक्षा स्थापनार्थ संयुक्त राष्ट्रसंघको अनुरोधमा नेपाली सेनाको टोली समेत जादै आएको छ ।