नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सप्तकोशी आसपास खतराको संकेत, सजग गराउन रातो बत्ती बालियो

ओखलढुङ्गान्युज डटकम
साउन २७, लाहान ।

केहीदिन देखी परेको वर्षातका काण सप्तकोशीमा पानीको बहाव निकै वढेको छ । सप्तकोशी नदिमा पानीको वहाव बढेपछि ब्यारेजमा अहिले खतराको संकेत स्वरुप रातो वत्ति बालिएको छ । ब्यारेजमा रहेको जलमापन केन्द्रले बिहीबार अपराह्न सप्तकोशीमा आएको बाढीको बहाब आज दुई लाख ५० हजार ५ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको जनाएको छ । कोशी नदिमा प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाब भएपछि खतराको संकेतस्वरुप रातो झण्डासहित रातो बत्ती बाल्ने गरिन्छ ।

ब्यारेजमा रहेको जलमापन केन्द्रका अनुसार विहिबार साझदेखी नै ब्यारेजका ५६ वटा ढोकाहरुमध्ये ३० वटा ढोका खुल्ला गरिएको छ । विहिबार दिनभरजसो पानी परेका कारणले अहिले पनि कोशी नदिमा पानीको बहाब बढि रहेको जलमापन केन्द्रले जनाएको छ । चुरेक्षेत्रवाट निस्कने खाडो भन्ने नदिमा आएको बाढिले सप्तरी जिल्लाको पूर्वी दक्षिण भागका आधा दर्जन भन्दा बढि डुबानमा परेको बताईएको छ ।

बाढिले बगाएर एक जना बृद्ध बेपत्ता भएका छन् । बेपत्ता हुनेमा राजविराज नगरपालिका १५, देउरीभरुवाका करीब ६० वर्षिय डोमी यादब रहेका छन् । खाडो नदिमा आएको बाढीले भत्काएको बाँध मर्मत गरिरहेका नेपाली सेना, नेपाल प्रहरीका र सशस्त्र प्रहरीलाई सघाउने क्रममा यादब वेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बाढीमा बेपत्ता भएका यादवको खोजीका लागि बिहीबार अपरान्हदेखि प्रयास गरिरहे पनि शुक्रवार सम्म प्रयास सफल हुन सकेको छैन । सुनसरीको पकलीस्थत पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गणबाट झिकाइएका गोताखोर परिचालन गरिएको छ।

चुरेभावरबाट निस्कने खाडोमा आएको बाढिले तटबन्ध भत्काएपछि बाढि गाउ पसेको छ । गाउ पसेको बाढिले राजबिराज १० विरौला सहितका आसपासका गाँउ डुवानमा परेका छन् । बाँध भत्किँदा भेरिया, कोईलाडी तिलाठी, कोईलाडी बसाइन, रम्पुरा मल्हनिया, देउरीभरुवा, सकरपुरा, लौनिया लगायतका गाउँ जलमग्न भएको स्थानीय बासिन्दाले बताएका छन् । बाढीको कारणले तिलाठी–राजविराज सडक खण्डमा बिहीबार दिउँसोदेखि नै आवागमन पूर्ण रुपमा बन्द भएको छ ।

त्यस्तै, सप्तकोशी नदीमा पानीको सतह बढेपछि हनुमाननगर कंकालिनी नगरपालिका– ७ स्थित मुसहरी टोलमा रहेको करिब पाँच दर्जन घर डुबानमा परेको पनि इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ । नदीको पानी छचल्किएर गाउँ पस्दा हनुमाननगर कंकालिनी नगरपालिका १४ डलुवामा एक दर्जन बढी घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

बाढी गाउँ पसेपछि बाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालसहितको टोली पुगेको छ । नेपाली सेनाको भिम दल गणका गणपति सुरेन्द्रदेव बोगटी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सिंह, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक रामाधार यादवसहित सुरक्षा निकायका प्रमुख संलग्न टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ ।

सप्तरीकाे बाढी तस्वीरमा :