नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सामाजिक परिचालक तथा सहजकर्ताका लागि गुनासो व्यबस्थापन तालिम

ओखलढुंगान्युज डटकम
साउन २६, ओखलढुंगा ।

सामाजिक परिचालक तथा सहजकर्ताहरुका लागि एकदिने विहिवार आज तालिम सञ्चालन सम्पन्न भएको छ । तालिमको उद्घाटनमा सम्बोधन गर्दै जात, रंग र आस्थाको आधारमा कुनै पनि भुकम्प प्रभावित नागरिकहरुलाई विभेद नगर्न प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले निर्देशन दिनुभएको छ । गुनासो व्यबस्थापनका लागि छुट तथा पुन जाच सर्बेक्षण तालिममा सहभागी भएका सामाजिक परिचालक तथा सहजकर्ताहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

गत २०७२ साल बैशाख १२, १३ र २९ गते गएको भुकम्पका कारण नागरिकहरु पिडित भैरहेका छन् । विगतका दिनमा भुकम्प पिडितहरुको क्षतिग्रस्त आवास गृहको सर्बेक्षणका क्रममा गाउमा पुगेका प्राविधिक तथा सामाजिक परिचालकका कारण वास्तविक भुकम्प पिडितहरु छुटेको नागरिकहरुले आरोप लगाउदै आएका छन् । त्यसैले यस्तो आरोपवाट मुक्त रहि वास्तविक भुकम्प पिडितहको पहिचान गर्न सक्षम बनाउनका लागि तालिमको आयोजना गरिएको भन्दै आस्था, रंग र जातका आधारमा विभेद नगरी तथ्यांक संकलन गर्न प्रजिअ दाहालले निर्देशन दिनुभएको हो ।

छुट तथा गुनासोको संबोधन गर्न स्थानीय स्तरमा खटिने सरकारका प्रतिनिधिहरुलाई दक्ष बनाई सहजीकरणको माध्यमवाट वास्तविक भुकम्प पिडितहरुको पहिचान गर्न सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा प्रत्येक गाँउपालिका वाट २/२ जना र नगरपालिकावाट ३ जना गरि १७ जनालाई तालिममा सहभागी गराईएको छ ।

तालिममा सहभागी सामाजिक परिचालकलाई गुनासो व्यबस्थापनका लागि छुट तथा पुन जाच सर्बेक्षमा तालिम प्राप्त ईञ्जिनियर/प्राविधिक सग सहजीकरण कार्यका लागि खटाईदै छ । आफ्नो नाम भुकम्प पिडित लाभग्राहीको सूचिमा नपरेको भन्र्दैे ओखलढुंगा जिल्लाका करिब ७ हजार ५ सयले गुनासो दर्ता गरेका छन् । तालिमको केही दिनपछि नै ती गुनासो दर्ता गर्ने घरपरिवारमा पुन जाच तथा सर्बेक्षणका लागि सरकारी प्रतिनिधिको टोली गाँउमा खटाईदै छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय ओखलढुंगाले तालिमको आयोजना गरेको हो । तालिमको सहजिकरण भने जिल्ला प्राविधिक कार्यालय ओखलढुंगाका ईञ्जिनियर तथा निमित्त स्थानीय विकास अधिकारी पारस पाण्डे तथा जिल्ला तथ्यांक कार्यालयका प्रमुख एवं तथ्यांक अधिकृत राजेश दासले सहजीकरण गर्नुभएको थियो ।