नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुंगामा टाटासुमो दुर्घटना हुदा एक जना घाईते

ओखलढुंगान्युज डटकम,
साउन २५, ओखलढुंगा ।
ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउपालिकामा टाटासुमो दुर्घटना हुदा एक जना घाईते भएका छन् । काठमाण्डौबाट ओखलढुंगा आउदै गरेको ना १ ज ५५५४ नम्बरको हिमाल तराई यातायात सेवा समितीको टाटा सुमो बुधबार दिउसो दुर्घटनामा परेको हो । दुर्घटना हुदाँ सोलु स्थाई घर भएकी अन्दाजी ५५ बर्षिया कान्डु शेर्पा घाईते भएका हुन् । घाईते शेर्पाको निधारमा गहिरो चोट लागेकाले सामुदायिक अस्पताल सोब्रुमा उपचार भैरहको प्रहरीले जनाएको छ ।

मानेभञ्ज्याङ्ग गाउपालिकाको वडा नं. ४ कोल्टारमा आईपुगेपछि टाटा सुमोको ब्रेक फेल भई उदयपुरको कटारी जादै गरेको ना ४ ख ६८५१ नम्बरको रोकि राखेको बसमा ठोक्किएको थियो । बसमा ठोक्किएको सुमोको अगाडिको भाग कुच्चिएको छ । अहिले घाईतेको अवस्था सामान्य रहेको र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।