नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

रक्सी सेवन गरी हिडेका एक बृद्धको धान खेतमा लडेर मृत्यु

रामहरि श्रेष्ठ, ओखलढुंगा, साउन २३
ओखलढुंगामा रक्सी सेवन गरी हिड्ने क्राममा खेतको आलिबाट लडेर एक बृद्धको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका ११ रुम्पीका अन्दाजी ६० बर्षिय देबि बहादुर भुजेलको लडेर ज्यान गएको हो ।

सदरमुकाम ओखलढुंगा आएका भुजेल दिउसो घर फर्किने क्रममा नजिकैको खेतको आलीबाट लडेर धान खेतमा पुगेका थिए । रक्सी सेवन गरी हिडेका भुजेल हिलोमा उधोमुन्टो परी लडेकाले उठ्न नसकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगा प्रहरी निरिक्षक टिका कार्कीले बताउनुभयो ।

भुजेलको शबलाई आफन्तको जिम्मा लगाईएको बताईएको छ ।