नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

टीम च्याम्पीयन प्रदेश नं. ५

काठमाण्डौ असार ३१। पाँचौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि प्रदेश नं.५ ले जितेको छ । ७ स्वर्ण, १ रजत र १ कांस्य जित्दै प्रदेश नं. ७ टिम च्याम्पियन बन्न सफल भयो । राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण, ३ रजत र २ कांस्य साथ प्रदेश नं. २ दोश्रो भयो । २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको प्रदेश नं. १ ले तेश्रो स्थानमा चित्त बुझायो ।

प्रदेश नं। ५ बाट महिलाको ४९ केजीमा डिना तामाङ र ५३ केजीमा पार्वती पाण्डे तथा पुरुषको ५० केजीमा तपन केवत, ५४ केजीमा सुमित लामा, ५८ केजीमा अजय रिजाल, ६३ केजीमा रविन अधिकारी र ६८ केजीमा प्रेमबहादुर नेपालीले स्वर्ण हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्डहलमा शनिबार भएको प्रतियोगितामा प्रदेश नं. २ का लागि महिला ४६ केजीमा मेलिना माझी र ६२ केजीमा अस्मिता रिजालले स्वर्ण जिते । त्यस्तै प्रदेश नं. १ लाई महिला ४३ केजीमा विनिता घिमिरे र ५७ केजीमा पार्वती राईले स्वर्ण दिलाए ।

प्रतियोगिताको पुरुषमा प्रदेश नं. ६ विवेक विश्वकर्मा तथा महिलामा प्रदेश नं. १ की विनिता उत्कृष्ट खेलाडी चुनिए । दुईदिने प्रतियोगितामा ७ प्रदेशका १ सय ४० खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।