नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

अाेखलढुङ्गा, नेपालकाे ४१ अाै‌ खुलादिशा मुक्त जिल्ला घाेषणा

हातधुन विदेशी सहयोग माग्नु लाजमर्दो, व्यबहारिक शिक्षा तर्फ ध्यान दिनुस – उपप्रधानमन्त्री श्रेष्ठ

खुलादिशा मुक्त जिल्ला घाेषणाका लागि अाउनु भएका प्रमुख अतिथिउपप्रधानमन्त्री गाेपालमान श्रेष्ठ

विएन श्रेष्ठ, असार २८, ओखलढुंगा ।
नेपाल सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले हातधुन पनि विदेशी सहयोग माग्नुपर्ने नेपालको अवस्था साह्रै गम्भिर र लाजमर्दो भएको बताउनु भएको छ । अबदेखी सबै सामुदायीक विद्यालयहरुले कोरा शिक्षा मात्र नभई व्यबहारिक शिक्षा तर्फ ध्यान दिन पनि निर्देशन दिनुभएको छ ।

                            कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ

बुधबार ओखलढुंगा जिल्लालाई देशकै ४१औं खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो । “संसारको कैयन देशहरुसँग तुलना गर्ने हो भने अहिले पनि हामी दिसा कसरी गर्ने, हात कसरी धुने भन्ने कुरामै अल्झिरहेका छौं । त्यसमा पनि विदेशीको सहयोग खोजिरहेका छौ । यो कुराले गम्भिर बनाएको छ ।” मन्त्रि श्रेष्ठले भन्नुभयो ।

                                          कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरु

शिक्षामन्त्री समेत रहनुभएका श्रेष्ठले भूकम्प प्रभावित १४ जिल्ला र अन्य जिल्ला गरि ३१ जिल्लाका लागि १ सय ८३ वटा विद्यालय ट्रस निर्माणका लागि पैसा निकासा गरेको बताउनुभयो । एउटा ट्रसका लागि ५ देखि ७ लाख सम्मको बजेट छुट्याएको र ओखलढुंगामा मात्रै १३ करोड भन्दा बढी रकम जिल्लामा पठाईकेको बताउनुभयो । त्यसको बारेमा थप बुझ्नु परेमा जिल्ला शिक्षा कार्यालयमा बुझ्न पनि उहाँले आग्रह गर्नुभयो ।

स्थानीय तहले माध्यमिक तहसम्मको शिक्षाको नियमन गर्न पाउने भएकोले आवश्यक जनशक्तिका लागि सरकारी तवरवाट निर्देशिका बनाउन तयारी थालिएको पनि श्रेष्ठले बताउनुभयो । उहाँले शिक्षकहरुलाई अब कोरा शिक्षाले मात्रै नहुने भएकोले प्राविधिक र व्यवहारिक शिक्षातिर लाग्न निर्देशन समेत दिनुभयो ।

नेपालमा ८० प्रतिशत भन्दा बढी विरामी आधारभुत स्वास्थ्यको अभावले हुने गरेको भन्दै खुलादिशा तथा फोहोरलाई नियन्त्रण गर्न सक्दा ५० प्रतिशत भन्दा बढि सरुवा रोग नियन्त्रण हुन पुगेको तथ्य अध्ययनले देखाई सकेको उहाँले बताउनुभयो । २०१७ भित्र नेपाललाई खुला दिशामुक्त घोषणा गर्ने निर्णय गरेकोमा ०७२ को भूकम्पका कारण अति प्रभावित जिल्ला मध्ये खुला दिशामुक्त जिल्ला घोषणा गर्ने काममा प्रथम भएकोमा खुलादिशामुक्त जिल्ला घोषणा गर्न सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

खुल्लादिशा मुक्त जिल्ला घाेषणाकाे प्रमाणपत्र ग्रहण गर्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अाेखलढुङ्गाका प्रमुख कमलराज श्रेष्ठ

कार्यक्रमलाइृ स्वागत मन्तव्य ब्यक्त गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख ईञ्जिनियर कमलराज श्रेष्ठले ओखलढुङ्गामा ३३ हजार २ सय भन्दा बढि व्यक्तिगत शौचालय र २ सय भन्दा बढि सार्बजनिक स्थान तथा विद्यालयहरुमा शौचालय निर्माण भएको बताउनुभयो । यो घोषणा सगै ओखलढुङ्गा देशको ४१ औ, भुकम्प अतिप्रभावित १४ जिल्ला मध्ये पहिलो र प्रदेश नम्बर १का जिल्लाहरु मध्ये आठौ खुलादिशामुक्त जिल्ला बन्न सफल भएको छ ।

कार्यक्रममा जिल्लाका सांसदहरुको संबोधन सगै विभिन्न कलाकारहरुले बिचबिचमा सास्कृतिक गीत तथा नृत्य प्रस्तुत समेत गरेका थिए । खुला दिशामुक्त जिल्ला बनाउन सहयोग गर्ने जिल्लाका विभिन्न संघ सस्था र गैह« सरकारी संस्थाहरुलाई कदरपत्र र सम्मानपत्रले सम्मान गरिएको छ । प्रमुख अतिथि तथा विशेष अतिथिलाई आयोजकका तर्फवाट ओखलढुङ्गाको चिनो समेत प्रदान गरिएको थियो ।