नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

मानेभञ्ज्याङ्ग गाँउपालिका अध्यक्षमा मोतिराज राई विजयी

मानेभञ्ज्याङ्ग, असार १९ ।

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसका मोतीराज राई प्रमुख र सविता राई उपप्रमुख पदमा विजयी भएका छन् । प्रमुखका उमेदवार मोतीराज राईले ३ हजार ८ सय ६३ प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रुपलाल तामाङले भने २ हजार ५ सय ७२ मत प्राप्त गरे ।

                                                     

उपप्रमुखमा सविता राईले ४ हजार ३५ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी भावना राईले २ हजार १ सय ५३ मत ल्याइन् । त्यस्तै माओवादी केन्द्रका तर्फवाट प्रमुख पदका उमेदवार युवराज राईले १ हजार १ सय ६० र चम्पासरी राईले १ हजार २ सय ३५ मत प्राप्त गरे ।

यस मानेभञ्ज्याङ्ग गाँउपालिकामा ९ वडा रहेको छ । जसमध्ये ७ वडामा कांग्रेसले विजय हासिल गेरको छ । एक वडा माओवादी केन्द्र विजयी भएका छन् । २ नं. वडामा एमाले विजयी भएको घोषणा गरिएको छ । २ नं. वडा रहेको वाक्सामा एमाले विजयी घोषित भए पनि विवादका कारण अदालतमा उजुरी परेको छ । त्यसको टुंगो लाग्न बाँकी रहेको जनाइएको छ ।