नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आजराति १२ बजे पछि मौन समय सुरु हुदै

पहिलो दिन ३५ प्रतिशत मतदाता परिचयपत्र मात्र वितरण

ओखलढुङ्गा, असार ११ ।

स्थानीय तहको दोश्रो चरणको निर्वाचनको दिन असार १४ नजिकिदै गर्दा राजनितिक दलहरुले प्रचार प्रसार गर्ने क्रम आज राति वाट सकिदै छ । आज राति १२ बजे पछि चुनाव प्रचार प्रसारकालागि मौन समय सुरु हुदैछ । निर्वाचन कार्यक्रममा भाग लिने सबै राजनितीक दललाई आचार संहिता पूर्ण रुपमा पालना गर्न पनि निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचनकालागि सबै तयारी पुरा भएको छ । प्रत्येक मतदान हुने स्थलमा निर्वाचनका लागि सबै सामाग्रीहरु पुगि सकेका छन् । निर्वाचनका लागि आवश्यकता अनुसार सुरक्षाकर्मी सहितसबै कर्मचारीहरु पुगि सकेका छन् । जिल्लामा निर्वाचन प्रचार प्रसारको क्रममा सामान्य छिटफुट घटना बाहेक अहिले सम्म कुनै घटना भने घटेको छैन ।

जिल्लामा हुने दोश्रो चरणको निर्वाचनका लागि सुरक्षाको अबस्था चुस्त रहेको प्रहरी नायव उपरिक्षक मिलन केसीले जानकारी दिनुभयो । निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न सबै पक्ष संयम भएर लाग्न पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरिक्षक केसीले सबैसग अनुरोध गर्नुभयो ।

ओखलढुङ्गामा आज निर्वाचनमा खटिएको टोलीले करिब ३० प्रतिशत मात्रै मतदाता परिचय पत्र वितरण गरेको छ । मतदान हुने जिल्लाका विभिन्न स्थलहरु मध्ये कतै ५० प्रतिशत भन्दा बढि त कतै २० प्रतिशत मात्रै मतदाता परिचय पत्र वितरण गरेको जनाएको छ । मतदाता परिचयपत्र निर्वाचनमा खटिएका कर्मचारीले सम्बन्धित ब्यक्तिको कुनै परिचय खुल्ने प्रमाणपत्र देखाएपश्चात मात्रै मतदाता परिचयपत्र दिने भएकोले पहिलो दिन वितरणको संख्या कम भएको हो ।

शोमवार बेलुका सम्म सबै मतदाताहरुलाई मतदाता परिचयपत्र वितरण गरिसक्ने र बाकी रहेकालाई १३ गते सम्मै वितरण गर्ने पनि निर्वाचन आयोग ओखलढुङ्गाले जनाएको छ । मतदान स्थलवाट ३सय मिटर वरपरको क्षेत्रभित्र रहेको आफ्नो प्रचारप्रसार सामाग्री हटाउन पनि निर्वाचन आयोगले आग्रह गरेको छ ।