नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

पत्रकार महासंघका अध्यक्ष रुम्दाली गाँउपालिकाको उपाध्यक्षमा

ओखलढुंगा, असार ७ ।  

मानेभञ्ज्याङ्ग गाँउपालिकाको उपाध्यक्ष पदमा पत्रकार दिपेन्द्र रुम्दालीले उमेदवारी दर्ता गरेका छन् । ओखलढुङ्गाका पत्रकार रुम्दाली नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाका अध्यक्ष समेत हुन् । पत्रकार रुम्दालीले मानेभञ्ज्याङ्ग गाँउपालिकामा संघिय समाजवादी फोरम नेपालको तर्फवाट उमेद्वारी दर्ता गराएका हुन् । यसअघि रुम्दाली गाँउपालिकाको प्रमुख अध्यक्ष पदमा उठ्ने चर्चा चलेपनि उनी उपप्रमुख पदमा उठेका हुन् ।

जनजातिको बाहुल्यता रहेको उक्त गाउँपालिकामा प्रमुख पदमा कांग्रेसबाट मोतीराज राई र एमालेबाट रुपलाल तामाङ र माओवादी केन्द्रवाट युवराज राईले उमेदवारी दिएका छन् । यी तीन जना उमेदवारको मानेभञ्ज्याङ्ग गाँउपालिकामा घम्साघम्सी कडा नै हुने देखिएको छ । तीन मध्ये एकको पोल्टामा प्रमुख पद जाने देखिएपछि रुम्दालीले उप प्रमुख पदमा आफ्नो यात्रा तय गरेका हुन् । संघीयले गाँउपालिकाकाे प्रमुख अध्यक्ष पदमा श्याममाया राईलाई उठाएको छ ।

नेपाली कांग्रेसका नेता तथा ओखलढुङ्गा क्षेत्र नं. २ का सांसद रामहरी खतिवडाको घरपनि यही गाँउपालिकामा पर्दछ । मानेभञ्ज्याङ्ग गाउँपालिकालाई कांग्रेसले आफ्नो इज्जत जोगाउने किल्लाको रुपमा लिन्छ । तर बीस वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा गाँउपालिकाको प्रमुख पदमा कांग्रेस सगै एमाले र माओवादी केन्द्रले आफ्नो संगठन सुदृढ गरेको जनाउदै आ आफुले जित्ने दावी गरिरहेको छ ।
मानेञ्ज्याङ्ग गाँउपालिका संघिय समाजवादी फोरम नेपालका अाेखलढुङ्गा जिल्ला अध्यक्ष धिरेन्द्र रुम्दालीको पनि घर भएको पालिका हो । त्यहा संघीय समाजवादी फोरमको संगठन पनि बलियो नै भएका कारण गाँउपालिकाको उपाध्यक्ष पदमा भने रुम्दालीको जित्ने संभावना बलियो रहेको बताइन्छ ।