नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सात स्थानीय तहमा १९ को उमेदवारी फिर्ता

ओखलढुङ्गा, असार ६ ।
स्थानिय तहको दोश्रो चरणको निर्वाचनमा स्थानिय तहमा उमेदवार दिनेहरुले फिर्ता लिन चाहनेहरुले फिर्ता लिने समय सकिएको छ । उमेदवारीलाई फिर्ता लिने समयमा ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा ३ जना वडा अध्यक्षका प्रत्यासीहरुले आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।

सिद्धिचरण नगरपालिका वडा नंं.३ का वडा अध्यक्षका उमेदवार टिकाराम खत्री र जनक कुमार केसीले उमेदवारी फिर्ता लिएका छन् । टिकाराम खत्रीले माओवादी केन्द्रको तर्फवाट उमेदवारी दिएका थिए भने जनक कुमार केसी नेपाली कांग्रेसका बागी उमेदवार हुन् । त्यस्तै सिनपा वडा नं. ५ का वडा अध्यक्षका प्रत्यासी उमेदवार महेन्द्र प्रसाद दाहालले पनि उमेदवारी फिर्ता लिएका छन् । दाहाल वडा नं. ५ वाट नेकपा एमालेका वागी उमेदवार हुन् ।

मानेञ्ज्यांगमा तिर्थराज राईले मानेभञ्ज्यांग गाउपालिकाको वडा नं. ४ को वडा अध्यक्ष पदको उमेदवारी फिर्ता लिएका छन् । राईले स्वतन्त्रवाट आफ्नो उमेदवारी दर्ता गरेका थिए ।

मोलुङ गाउपालिकामा भने गाउपालिका प्रमुख सहित तिन जनाले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । गाँउपालिका अध्यक्ष पदका प्रत्यासी केदारनाथ दाहालले उमेदवारी फिर्ता गरेका हुन । दाहाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य हुन । उनले स्वतन्त्रवाट उमेदवारी दर्ता गरेका थिए । त्यस्तै वडा नं. ४ का वडा अध्यक्षका उमेदवार बेकराज खतिवडा र वडा नं. २ का महिला सदस्य अनिता देवी थापाक्षेत्रीले उमेदवारी फिर्ता लिएका हुन् । उनीहरु दुवैले स्वतन्त्रवाट उमेदवारी दिएका थिए ।

लिखु गाँउपालिका वडा नं. ८ का कमल प्रसाद तिमल्सीना र वडा नं. ७ का नरध्वज खड्काले उमेदवारी फिर्ता लिएका छन् । उनीहरु दुवै वडा अध्यक्ष पदका प्रत्यासी उमेदवार हुन् ।

सुनकोशी गाँउपालिकामा भने ५ जनाले उमेदवारी फिर्ता लिएका छन् । सुनकोशी गाउपालिकाको वडा अध्यक्ष पदका प्रत्यासी पेशल अधिकारी, नयाँशक्ति पार्टी नेपालका तर्फवाट वडा नं. ३ का वडा अध्यक्षका उमेदवार खडानन्द तिमल्सीना, वडा नं. २ वाट पदम बहादुर तामाङ, वडा नं. १० वाट योगेश्वर अधिकारी र वडा नं. ५का महिला सदस्यका उमेदवार खिनमाया तामाङले उमेदवारी फिर्ता लिएका छन् ।

उता खिजीदेम्वा गाँउपालिकामा पनि ५ जनाले उमेदवारी फिर्ता लिएका छन् । उमेदवारी फिर्ता लिनेहरुमा वडा नं. १ का मान बहादुर महतारा, वडा नं. २ का लालप्रसाद नेपाल रहेको छन् । उनीहरु दुवै वडा अध्यक्षका उमेदवार हुन् । त्यस्तै वडा नं. १ का राम बहादुर खत्री र खेम नारायण श्रेष्ठ तथा वडा नं. २ का रामचन्द्र नेपालले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनीहरु तिनै जना वडा सदस्यका उमेदवार हुन् ।

चम्पादेवी गाउपालिकामा भने कुनै पनि उमेदवारहरुले आफ्नो उमेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालय चम्पादेवीले जनाएको छ ।

चिशंखुगढि गाँउपालिकामा भने निर्वाचन प्रयोजनका लागि खटिएर गएका निर्वाचन अधिकृत र सुचना अधिकारी लगायत कुनै पनि कर्मचारीहरुको फोन सम्पर्क हुन सकेन । जसका कारण सुचना सम्प्रेषणमा कठिनाई भएको छ ।