नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

उम्मेद्वारी दिएका आधा दर्जन बढि बिरुद्ध दाबि बिरोधको उजुरी

रामहरि श्रेष्ठ, ओखलढुङ्गा ,असार ६ ।

ओखलढुंगामा स्थानिय निर्वाचनका लागि उम्मेदवारी दिएका आधा दर्जन बढि उम्मेदवारहरु विरुद्ध दावि विरोध बिरुद्धको उजुरी परेको छ । सबै भन्दा बढि खिजीदेम्वा गाउँपालिकामा पाँच जना उम्मेद्वार विरुद्ध दावि विरोध परेको छ । एक नगरपालीका सहित ७ गाउँपालीका रहेको ओखलढुङ्गामा ९ जना विरुद्ध दाबि विरोध परेको मुख्य निवाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ ।

सुनकोशी गाउँपालीकामा दुईजना विरुद्ध दाबि विरोध परेको छ । गाउँपालीकाको वडा नम्बर २ की खुला महिला सदस्य ईन्द्रमाया तामांग र वडा नम्बर तिनका वडा अध्यक्षका उम्मेद्वार विष्णु खड्का विरुद्ध उजुरी परेको सुनकोशी गाउँपालीकाका निर्वाचन अधिकृत रोशनी देवी कार्कीले बताउनुभयो । तामाङ बिरुद्ध महिला स्वास्थ्य स्वयम् सेविका पदबाट राजीनामा नदिएको र खड्का कालिका मावि सिस्नेरीको व्यवस्थापन समिती अध्यक्ष रहदा रकम हिनामिना गरको आरोपमा उजुरी परेको कार्कीको भनाई छ ।

यसै विच सबै भन्दा बढि दावि विरोध खिजीदेम्बा गाउँपालीकामा पाँच जना विरुद्ध परेको बताईएपनि निर्वाचन अधिकृत तारानाथ लुईटेलले विस्तृत विवरण दिन आनाकानी गरेका कारण बिबरण आउन सकेको छैन । मंगलवार बिहान सम्म पनि खिजिदेम्बा गाउपालिकामा निर्वाचन अधिकृतको रुपमा खटिइ गएका अधिकृत लुईटेलले कुनै थप जानकारी गराएका छैनन् । त्यहाँवाट थप जानकारी नआएको बारेमा आफुले निर्वाचन आयोगलाई जानकारी गराईसकेको आफुले अनुमानका भरमा थप जानकारी दिन नसक्ने जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका कम्प्युटर अपरेटर भगवान दासले बताउनु भयो ।

यता मानेभञ्ज्यांग गाउँपालीकामा भने दुईजना उम्मेदवार विरुद्ध दाबी विरोध परेको छ । नेपाली कांग्रेसबाट वार्ड नं. ६ का वडा सदस्य चन्द्रकुमारी काफ्ले र एमालेको तर्फबाट वडा नं.३ का वडा सदस्यका उम्मेदवार कोएल राई विरुद्ध दाविविरोध परेको निर्वाचन अधिकृत युवराज महतले बताउनुभयो । काफ्ले महिला स्वास्थ्य स्वयम् सेविका र राई पशु सेवा कार्यलयमा कार्यरत कर्मचारी भएको र उनिहरुले राजिनामा नदिएका कारण दाविविरोध परेको महतको भनाई छ ।

जिल्लाका अन्य गाउँपालीकाहरु मोलुंग, चम्पादेवी, र लिखु गाउँपालीकामा भने दाबी विरोध नपरेको खबर प्राप्त भएको छ । दावि विरोध परेका गाउँपालीकाहरुको उम्मेद्वारका विषयमा अनुसन्धान गरी मंगलबार आज अन्तीम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।

यसै विच जिल्लाको एक मात्र सिद्धिचरण नगरपालीकामा भने कुनै पनि उम्मेदवार विरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यलय ओखलढुङ्गले जनाएको छ ।