नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

श्रीमतीको हत्याको आरोपमा सर्वश्व सहित जन्मकैद

अाेखलढुङ्गा, असार ५ ।
ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई सर्वश्व सहित जन्मकैदको सजाय सुनार्ईएको छ । जिल्लाको सिद्धिचरण नगरपालीका ३ का ३४ वर्षिय केशब राईलाई आफ्नै श्रीमती हत्या गरेको आरोमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाईएको हो । उनले २०७० साल असोज २९ गते श्रीमती ३० वर्षिय गिता राईको हत्या गरी फरार भएका थिए ।

सामान्य घरायसी विवादमा राईले श्रीमतीलाई कोदालोको पासोले टाउकोमा हिर्काएर हत्या गरेको अदालतमा स्वीकार गरेका छन् । जिल्ला न्यायधिश उद्धव प्रसाद भट्टराईको एकल ईजलाशले केशव राईलाई शोमवार सर्वश्व सहितको जन्मकैदको फैसला सुनाएको हो ।

करिव ३ वर्ष फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले २०७३ साल फागुन २९ गते पक्राउ गरेको थियो ।