नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

चुनावका लागि चार दिन विदा दिन आग्रह

काठमाडौं, असार ६ ।
निर्वाचन आयोगले दोस्रो चरणको चुनाव हुने तीन वटा प्रदेशमा चार दिन शैक्षिक संस्थामा विदा दिन सरकारलाई आग्रह गरेको छ । साथै मतदान हुने दिन १४ गते सार्वजनिक विदा भनेको छ । 

आयोगको सोमबार बसेको बैठकले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा सार्वजनिक विदा दिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

साथै १० गतेदेखि १४ गतेसम्म विद्यालय, क्याम्पससहितका शैक्षिक संस्थामा विदा दिन आग्रह पनि गरेको छ । चुनावका क्रममा अधिकांश मतदान केन्द्र विद्यालय तथा क्याम्पसलाई नै बनाइएको छ ।

आयोगले विदाका लागि आग्रह गरेको भएपनि नेपाल सरकारले औपचारिक निर्णय गर्न भने बाँकी छ ।

निर्वाचन अायाेगकाे विज्ञप्ती :