नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

उमेदवार मनोनयनको अन्तिम सूचि सार्वजनिक,

सात स्थानिय तहकाे ३ सय ४९ पदका लागि ११ सय २४ जनाकाे उमेदवारी दर्ता

अाेखलढुङ्गा असार ५ । 

दोश्रो चरणको स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालयले उमेदवार मनोनयनको अन्तिम सूचि सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका कम्प्युटर अपरेटर भगवान दासका अनुसार जिल्लाको एकमात्र नगरपालिका सहित अन्य ६ गाउपालिकाको अन्तिम सूचि सार्वजनिक गरेको छ ।

दासका अनुसार जिल्ला भरका ३ सय ४९ पदका लागि ११ सय २४ जनाले उमेद्वारको मनोनयन दर्ता गरेका छन् । जसमा महिला ४ सय ५१ र पुरुष ६ सय ७३ रहेका छन् । जिल्ला निर्वाचन कार्यालयको श्रोतका अनुसार १ नगरपालिका र ६ गाउपालिका सहित ७ मेयर तथा अध्यक्ष पदका लागि ३५ जना पुरुष र ३ जना महिलाले उमेदवारी दर्ता गरेका छन् । त्यस्तै उपमेयर तथा उपाध्यक्ष ७ पदमा २६ महिला र ६ पुरुष गरी ३२ जनाले उमेदवारी दिएका छन् ।

वडा अध्यक्षको ६७ पदका लागि २ सय ४० जनाले उमेदवारी दिएका छन् । जसमा महिला ५ र पुरुष २ सय ३५ रहेका छन् । स्थानिय ७ तहको खुला १ सय ३४ पदमा भने ४ सय ११ जनाले उमेदवारी दिएका छन् । खुला सदस्यमा उमेदवारी दिनेहरुमा महिला १४ र पुरुष ३ सय ९७ रहेका छन् ।

महिला सदस्य ६७ पदका लागि २ सय ७ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ । त्यस्तै दलित महिला ६७ पदका लागि पनि १ सय ९६ जनाले उमेदवारी दर्ता गरेका छन् ।

अाेखलढुङ्गामा एक नगरपालिका र ६ गाउपालिका सहित ७ स्थानीय तहका लागि ३ सय ४९ पदका लागि ११ सय २४ जनाले उमेदवारी दर्ता गराएका हुन् । जसमा ६ सय ७३  पुरुष र ४ सय ५१ महिला उमेद्वार रहेका छन् ।  

खिजीदेम्वा गाउपालिकाको मुख्य निर्वाचन अधिकृतको लापरबाहिका कारण अहिले सम्म उक्त गाउपालिकाको भने के कति कुन पदमा उमेदवारी दर्ता भएको छ भन्ने वारेमा तथ्यांक सकलन गर्न नसकिएको पनि कम्प्युटर अपरेटर भगवान दासले जानकारी दिनुभयो ।