नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मदिरा सेवन गरि मनोनयन स्थल प्रवेश गर्ने पक्राउ

ओखलढुङ्गा असार ४ .
मदिरा सेवन गरेर मनोनयन दर्ता स्थलमा प्रवेश गरेका दुईजनालाई उमेदवारी मनोनयन स्थलबाटैप्रहरीले पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगामा नगरपालिकाको उमेद्वारी मनोनयपत्र दर्ता भैरहेको ठाउमा अन्य दलका उमेदवारहरुलाई दुव्र्यबहार गर्न थाले पछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका २ का भक्तबहादुर केसी र श्यामकुमार कटवाल रहेका छन् । मदिरा सेवन गरेको भएपनि आफुहरु उमेदवार भएको बताए पछि प्रहरीले उनीहरुलाई उमेद्वार मनोनयन सथलमा प्रबेश गर्न दिएका थिए ।

उनीहरुले आफू नयाँ शक्ति, राप्रपा लगायतका पार्टीको उम्मेद्वार हुँ भनि प्रवेश गरेर अन्य दलका उम्मेद्वारलाई दुव्र्यवहार गर्न थालेपछि पक्राउ गरिएको प्रहरी निरिक्षक टिका कार्कीले बताउनु भयो । मदिराले मातेर बेटुंगोको कुरा गर्दै जथाभावी गरेपछि पक्राउ गरिएको कार्कीले बताउनु भयो ।