नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

राष्ट्रिय कृषक समूह महासंघले ओखलढुङ्गामा आफ्नो संरचना परिवर्तन ग¥यो

ओखलढुङ्गा, असार ।
राष्ट्रिय कृषक समुह महासंघ, जिल्ला कार्यसमिति ओखलढुंगाले आफ्नो कार्यक्षेत्रलाई स्थानिय तहको संरचना अनुसार परिवर्तन गरेको छ । स्थानिय तह घोषणा हुनुभन्दा अगाडी २७ वटा गाविसमा आफ्नो कार्यक्षेत्र वनाइ कृषक समूह महासंघ जिल्ला समितिले कार्यक्रम गर्दै आएको थियो । पूनसंरचना पश्चात महासंघले आफ्नो स्वरुपलाई परिवर्तन गर्दै पाँच वटा गाउँ पालिका र एउटा नगरपालिकामा आफ्नो कार्यक्षेत्र वनाएको हो ।


ओखलढुङ्गाको संघिय संरचना स्वरुप स्थानिय संरचना अनुसारको कृषक महासंघले कार्यक्षेत्र निर्धारण गरेको हो । साविकको सिस्नेरी, वलखु, कटुञ्जे लगायत १० गाविसमा राष्ट्रिय कृषक महासंघ ओखलढुङ्गाले काम गरिरहेको छ । त्यस्तै अन्य १७ वटा गाविसहरुमा पनि महासंघ गठन गरी आफ्नो संरचनालाई विस्तार गरेका थियो ।

ओखलढुङ्गाको स्थानिय तह संरचना अनुसार कृषक महासंघ ओखलढुङ्गाका सबै स्थानको आफ्नो गाविस महासंघको संरचना पनि भङ्ग गरेको जनाएको छ । पुरानो संरचनालाई परिवर्तन गरि हाल वडा महासंघ, गाँउपालिका महासंघ र नगरपालिका महासंघको संरचना निर्माण गरेको जिल्ला परियोजना अधिकृत मुना विकले जानकारी दिनुभयो ।

कृषक समूहहरुको हकहितका लागि स्थानीय स्तरदेखी राष्ट्रिय स्तर सम्म संयन्त्र निर्माण गरि तथा अभिमुखीकरण गर्ने यस कार्यक्रमको उद्देश्य छ । त्यस्तै गरिव तथा पिछडिएको कृषकहरुमा खाद्य तथा पोषण सुरक्षा र खाद्य अधिकार सम्बन्धि सचेतना ल्याउने लगायतको उद्देश्य राखी २०६९ सालदेखी कृषक समूह महासंघ ओखलढुङ्गामा कार्यरत छ ।