नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत निबन्ध प्रतियोगीता सम्पन्न ।

ओखलढुङ्गा, असार ३ ।
ओखलढुङ्गामा आज युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत निबन्ध प्रतियोगीता सम्पन्न भएको छ । जिल्ला युवा समिती ओखलढुङ्गाको अयोजनामा भएको प्रतियोगीतामा जिल्लाका बिभिन्न स्थानबाट पाँच जना युवा युवतीहरुको सहभागीता रहको थियो ।

“नेपालको संबिधान २०७२ र युवाको दायित्व” बिषयको निबन्ध प्रतियोगीताका क्रममा प्रथम, द्धितिय, तृतिय हुनेहरुमा ओखलढुङ्गा क्याम्पसका जिबन खत्री, भोलामान राई, ईन्दिरा दयाल रहेका छन् । त्यस्तै सान्त्वना हुनेहरुमा तुलसा अधिकारी र अमित राई रहेका छन् । उनिहरुलाई जिल्ला युवा समितीका तर्फबाट क्रमशः नगद रु ४ हजार, ३ हजार, दुई हजार र प्रमाण प्रत्र प्रदान गरिएको छ । त्यस्तै सान्त्वना हुनेहरुलाई पाँच पाँच सयका साथमा प्रमाण प्रत्र दिईएको छ ।

जम्मा ९० पुर्णाङ्कंको प्रतियोगीतामा उपप्राध्यापक सोमनाथ पौडेल, ओखलढुङ्गा क्याम्पसका भेषनाथ खनाल, बिद्यालय निरिक्षक नर माया रोक्का लगायतले प्रतियोगी निबन्धको मुल्याकंन गर्नु भएको हो ।

जिल्ला कृषि बिकास कार्यालयका प्रमुख झलकनाथ कंडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला युवा समिती ओखलढुङ्गाका अध्यक्ष सुधिर कार्कीको अध्यक्षता रहेको थियो । कार्यक्रममा जिल्ला बिभिन्न सरोकारवाला ब्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।