नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

घरको छतवाट खसेर बच्चाको मृत्यु

ओखलढुंगा, असार २ ।
ओखलढुङ्गाको रमाईलोडाडामा घरको छतबाट खसेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडा निवासी शेर्सिङ्ग शेपाका दुई बर्षिय छोरी पासाङ शेर्पाको मृत्यु भएको हो ।

घरको छतमा खेलीरहेकी बालिका अचानक बिहान साढे आठ बजे तिर भुईमा खसेकी थिइन । दुई तला रहेको घरको छतवाट खसेर सख्त घाइते भएकी थिइन । त्यस लगत्तै बालिकालाई उपचारका लागी सामुदायिक अस्पताल सोब्रुमा पु¥याएको भएपनि अस्पतालले त्यहाँ उपचार हुन नसक्ने भन्दै तुरुन्त काठमाण्डौ रिफर गरेका थिए ।

सामुदायीक अस्पताललमा उपचार सम्भव नभएपछि काठमाण्डौ लैजाने तयारी गर्दा गर्दै बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

बालिका छतबाट खसेको समयमा आमा भान्सामा रहको र दिदि गिटि कुटिरहेकी थिईन् । मृतक बालिकाका बुबा भने केहस् समय अगाडी देखी बैदेशिक रोजगारीका लागी बिदेशमा छन् ।