नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नेकपा माओवादी केन्द्र ओखलढुङ्गा नगरको प्रतिबद्धता पत्र सार्वजनिक

ओखलढुङ्गा, असार २ ।
नेकपा माओवादी केन्द्र ओखलढुङ्गाले स्थानीय तह निर्वाचनका लागि स्थानीय तह अन्तर्गत सिद्धिचरण नगरपालिकाको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । माओवादी केन्द्रले यस अगाडी नै ओखलढुंगाका ७ गाउँपालिका र १ नगरपालिकासहित ८ स्थानीय तहका लागि आगामी ५ वर्षे योजना सार्वजनिक गरी सकेको छ ।

विहिवार सिद्धिचरण नगरपालिकाको उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बिच प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य राम कार्की (पार्थ) ले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

सिंहदरवार केन्द्रित जनताको अधिकारलाई जनताको गाँउ नगरमा पु¥याऔं, स्थानीय तहको निर्वाचनमा माओवादीलाई जिताऔं भन्ने नाराका साथ घोषणापत्रमा नगरपालिकाको समग्र विकासलाई समेटेको छ । १८ बुदामा समेटेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, कृषि र खानेपानीलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिबद्धता पत्रमा सदरमुकाममा बहुमुखी क्याम्पस सञ्चालनका लागि पहल, नगरका प्रत्येक वडामा १० शैयाको अस्पताल सञ्चालनका लागि पहल, ग्रामिण क्षेत्रलाई प्रत्यक्ष कृषि उत्पादन सग जोड्न ग्रामिण कृषि सडकलाई विशेष प्राथमिकता दिने उल्लेख छ । कृषि उत्पादनलाई विशेष जोड दिदै उत्पादित कृषि उपजलाई कृषि सहकारीहरु मार्फत ब्यवस्थापन गर्ने, प्रत्येक घरघरमा शुद्ध खानेपानीको व्यबस्थापन गराउने पनि उल्लेख छ । त्यस्तै, चार वर्ष भित्र नगरपालिकाका प्रत्येक घरघरमा विद्युत सेवा उपलब्ध सगै अस्पताल, मुख्य बजार र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रहरुमा चौविसै घण्टा विद्युतको व्यबस्थापन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै जडिबुटीको व्यबसायीक खेती सगै संकलन र प्रशोधनका लागि उद्योग सञ्चालन, पुरातत्व विभाग सग आवश्यक समन्वय गरि खानी उत्खनन, लोपोन्मुख भाषा तथा संस्कृतीको संरक्षण र जगेर्नाका लागि कार्यक्रम सञ्चालन, पर्यटकिय क्षेत्रको विकास गर्दै आवश्यक पूर्वाधार निर्माण र लगलगेमा भ्यू टावर निर्माण गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रत्येक वडामा सुबिधाजनक खेलमैदानको निर्माण, हरेक क्षेत्रमा ३३ वाट बढाएर ४० प्रतिशत महिलाको सहभागितामा जोड, टेलिफोन सेवा विस्तार गरि सबै ठाउमा 3G इन्टरनेट चल्ने व्यबस्था मिलाउने, विगुटार र जन्तरखानीमा काठ तथा कागजको कारखाना स्थापना गरि रोजगारीको सृजना गर्ने लगायत प्रतिबद्धता पत्रमा उल्लेख छ ।