नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा नमुना मतदान, ३२ मत खस्याे २ पूर्ण बदर

   
विएन श्रेष्ठ ,अाेखलढुङ्गा, जेठ ३० ।
जिल्ला निर्वाचन कार्यालयको आयोजनामा आज उद्योग वाणिज्य संघ ओखलढुङ्गाको सभाहलमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहको निर्वाचन २०७४ लाई लक्षित गरेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

सिरहा जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिश एवम् ओखलढुङ्गाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ४० जना भन्दा वढि सरोकारवालाहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागी राजनितीक दलका नेताहरुले स्थानिय तहको निर्वाचनको क्रममा आउन सक्ने समस्याका बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासाको बारेमा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल र मुख्य निर्वाचन अधिकृत माननिय चन्दै्रमणी ज्ञवालीले स्पष्ट पार्नु भएको थियो ।


निर्वाचनको क्रममा खटिने कर्मचारीहरु पनि मतदान गर्ने तरिकाको बारेमा अनभिज्ञ रहेको पाईएको छ । मतदान गर्ने क्रममा खुला तर्फको दुईजना सदस्यलाई कसरी भोट दिने भन्ने विषयमा अष्पष्ट रहेको पाईएको हो । यसले स्थानिय तहको निर्वाचनको क्रममा भोट बदर हुने सख्यामा कमी गर्ने उद्देश्य राखेर अन्तरक्रिया कार्यक्रम भएपनि संख्यामा कमी नहुने देखिएको छ । तर पनि त्यस्तो वदर हुने मतको दर घटाउन सबैले आ आफ्नो क्षत्रवाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नमुना मतदान, ३२ मा २ बदर

अन्तरक्रिया पछि भएको नमुना मतदानमा ३२ जनाले सहभागिता जनाएका थिए । नमुना मतदानमा स्थानियबासीलाई सहभागिता गराउने प्रयास भएपनि त्यो सम्भव भने हुन सकेन । स्थानिय कसैले पनि नमुना मतदानमा सहभागिता जनाएनन् ।


नमुना मतदानमा खसेको कुल मत मध्ये २ वटा पुर्ण रुपमा बदर भएको थियो । नमुना मतदानमा सहभागिता जनाएका सञ्चारकर्मीहरुले व्यबहारिक ज्ञान स्वरुप दुई पटक मतदान गर्ने प्रयास गरेका थिए । त्यस्तै मतदान गर्न जादा स्वस्तिक छाप बोक्ने, मतपत्रलाई मतदाताले मतपेटिकामा नराखी बाहिर लैजाने प्रयास गर्दा के कस्तो ब्यवहार गर्ने भन्ने जस्ता व्यबहारिक ज्ञान व्यक्त गरिएको थियो ।


नमुना मतदानको क्रममा मतदाताले स्वस्तिक छाप लिएर बाहिर गैदिदा केही समय नमुना मतदान प्रभावित भएको थियो । मतदानको समयमा त्यसो हुन गएमा निर्वाचन स्थलमा मतदान अधिकृतले के गर्न सक्छ भन्ने जस्ता कुराहरुलाई पनि देखाईएको थियो । यो नमुना मतदानले आगामी अशार १४ गते हुने स्थानिय तहको निर्वाचनमा बदर मतको संख्या कम हुने अपेक्षा गरिएको छ । निर्वाचनमा खसेको मतको बदर हुनसक्ने दरलाई घटाउन मतदाता शिक्षा कार्यकर्तालाई थप सक्रिय बनाई परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले बताउनुभयो ।