नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिकामा खानेपानीको चरम अभाब ।

रामहरि श्रेष्ठ
ओखलढुङ्गा, जेठ २६ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउपालिका ४ साबिकको वाक्सा ७ र ८ मा खानेपानीको चरम अभाब भएको छ । २०७२ सालमा गएको महाविनाशकारी भुकम्पले मुहान सुकेपछि खानेपानीको अभाव भएको होे ।

बस्तीका केहि स्थानमा भुकम्प अघि सम्म भएका पानीका स–साना मुहानहरु समेत भुकम्प पछि सुकेकाले गाँउमा खानेपानीको समस्या भएको स्थानिय सबिता राईले बताउनुभयो । अहिले स्थानिय बासी खानेपानीको जोहो गर्न आधा घन्टाको बाटो हिडेर दुधकोशी नदीमा पुग्ने गरेको राईको भनाई छ ।

खानेपानीको समस्याका कारण सो स्थानका १ सय ५० भन्दा बढि घरपरिवार प्रभाबित भएका छन् । उनिहरु आफ्नो दैनिकि नै माया मारेर पानी जोहो गर्नमा ब्यस्त रहेका छन् । जसले गर्दा अन्य दैनिक क्रियाकलापमा समेत प्रत्यक्ष असर परेको राईले बताउनुभयो ।

खानेपानीकै समस्याका कारण वाक्सामा मात्र नभएर जिल्लाका अन्य बिभिन्न स्थानका बासिन्दाहरु समेत प्रत्यक्ष रुपमा प्रभाबित भैरहेका छन् । यसले भुकम्प पछिको पुननिमार्णमा समेत असर पु¥याएको छ । गाँउघरमा खानेपानी कै अभाब भैरहको समयमा घर बनाउन आवश्यक पानीको जोहो गर्न समेत कठिन भएको स्थानियहरुले बताउन थालेका छन् ।