“कर्मचारीले अपिस समयमा अपिस ड्रेस नलगाउनु पनि भ्रष्टाचार हाे – अख्तियार ईटहरी प्रमुख भट्टराई
ओखलढुंगा, जेठ २३ ।
अख्तियार इटहरी कार्यालय प्रमुख खेम प्रसाद भट्टराईले नगद लेनदेन गर्नु मात्रै भ्रष्टाचार नभई कर्मचारीले अपिस समयमा अपिसको ड्रेस नलगाउनु पनि भ्रष्टाचार भएको बताउनु भएको छ । शोमवार जिल्ला समन्वय समिति ओखलढुंगाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीका प्रमुख भट्टराईले उक्त कुरा बताउनु भएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासालाई सम्बोधन गर्दै प्रमुख भट्टराईले भन्नुभयो, “पूर्वका १६ जिल्ला मध्ये ओखलढुंगा भ्रष्टाचार धेरै हुने या हुदै नहुने जिल्ला हैन । अलिअलि भै रहेका भ्रष्टाचारलाई पनि अझै कम गर्नुपर्छ । अख्तियार इटहरी शाखाले पूर्वका १६ जिल्ला हेर्नुपर्छ । तर कर्मचारी जम्मा ५० जना मात्रै । भ्रष्टाचार भयो भन्ने उजुरी तथा गुनासाको सन्दर्भमा अख्तियारको कर्मचारी आफै नआईपुग्न सक्छ । त्यसको मतलब जे गरेपनि यहाँ छुट भन्ने चाही हैन ।” भट्टराईले थम्पुभयो– “आर्थिक अपचलन मात्रै भ्रष्टाचार हैन । सरकारले आफ्ना कर्मचारीको लागि अपिसियल पोशाकको पनि ब्यवस्था गरिदिएको छ । कार्यालय समयमा उक्त पोशाक कर्मचारीले नलगाउने हो भने त्यो सरकारी कर्मचारीले गरेको अनियमितता हो । ”
कार्यक्रमका सहभागीहरुले कर्मचारीहरुमा अख्तियार भनेपछि “हाउगुजी” हो भन्ने त्रासलाई यस अन्तरक्रियाले कम गरेको वताए । कार्यक्रममा सहभागी भएका कर्मचारीहरु कार्यालय पोशाकमा उपस्थित नभए पछि अख्तियार इटहरी प्रमुख भट्टराईले सबै कर्मचारीलाई कार्यालय पोशाक अनिवार्य गर्न निर्देशन दिनुभएको थियो । साथै स्थानिय तहको निर्वाचन पछि स्थानिय तहमा व्यापक अनियमितता हुन सक्ने वताउदै सजग र नियम संगत प्रक्रियाले मात्र काम गर्न पनि निर्देशन दिनुभयो ।
आइतवार अख्तियारको टोलीले सदरमुकाम स्थित सगरमाथा जनता माविका विद्यार्थीहरुलाई भ्रष्टाचार भनेको के हो ? यसले के फाइदा गर्छ ? यसलाई नियन्त्रण गर्न विद्यार्थीले कस्तो भूमिका खेल्नुपर्छ, भन्ने लगायतको विषयमा कक्षा सञ्चालन गरेको थियो ।

