नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

के तपाई कामको लागि कतार जादै हुनुहुन्छ ?

कतारलाई गर्यो छिमेकी देशले सम्बन्ध विच्छेद : श्रमका लागि गएका र जान लागेका नेपाली अन्योलमा

ओखलढुंगा, जेठ २३ ।

खाडी मुलुक कतारसँग उसका सातवटा छिमेकी राष्ट्रहरुले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले समेत कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् । कतार करिब पाँचलाख नेपालीहरुको रोजगारी प्राप्त हुने गन्तव्यको रुपमा रहेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ९ वर्षमा झण्डै १० लाख नेपाली रोजगारीको शिलशिलामा कतार पुगेका छन् । सात मुलुकले कतारसँग सम्बन्ध तोड्दा उसको अर्थतन्त्र कमजोर हुने र नेपाली श्रमिक फर्काउन सक्ने सम्भावना छ । अर्कातर्फ कतारले विदेशी कामदार लैजान कम गर्यो भने पनि त्यसको असर नेपालीलाई नै पर्नेछ । कतारका व्यवसायीले विदेशमा गरेको लगानी बन्द भयो भने पनि त्यस्ता कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन सक्ने सम्भावना बढेको छ ।

आतंकवादलाई सघाएको भन्दै ती छिमेकी मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि स्थिति झनै खराब त हुने होइन भनेर नेपाली कामदार चिन्तित छन् । ‘साउदीले कतारस्थित स्थल, जल र हवाइ क्षेत्र नै बन्द गरेको छ ।

कतारमा छिमेकी देशले गरेको कूटनीतिक विच्छेदबाट तत्काल आत्तिहाल्नुपर्ने अवस्था नभएको कतारका लागि नेपाली पूर्वराजदूत डा।सूर्यनाथ मिश्रले बताए । ‘साउदीसँग कतारको सम्बन्ध पहिलेदेखि नै चिसो थियो । अहिले औपचारिक रूपमा बाहिर आएको हो । उनले भने, ‘कतार पूर्णरूमा साउदी र युएईसँग निर्भर छैन । ती देशसँग कूटनीतिक सम्बन्धमा तलमाथि हुनेबित्तिकै कामदारको रोजगारमा असर पर्दैन ।

कतार नेपाली कामदारका लागि प्रमुख गन्तव्य हो जहाँ झण्डै ४ लाख नेपाली निर्माणलगायतका सेवामा कार्यरत छन्। वैदेशिक रोजगार श्रम स्वीकृति लिएर झण्डै १० लाख नेपाली कतारमा काम गर्न गइसकेका छन्।