नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सर्बोच्चको अन्तरिम आदेश – “जेठ २८ सम्म पुन मतदान गर्ने निर्णय कार्यान्वयन नगर्नु”

काठमाण्डौ, जेठ २२ ।

सारा नेपालीले प्रतिक्षा गरिरहेको चितवनको भरतपुर महानगरपालिकाको सर्बोच्चमा परेको मुद्दाको विषयमा सर्वोच्च अन्तरिम आदेश जारी गरेको छ । सर्बोच्च  अदालतले विवादित भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय जेठ २८ गतेसम्म कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेश दिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सर्वोच्चमा परेको रिट निवेदन माथि प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले २८ गते दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने भनेको छ । त्यसबेला सम्म हालको प्रक्रियालार्इ यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियनका पूर्व अध्यक्ष शम्भु थापा तथा पूर्वउपाध्यक्ष टीकाराम भट्टराई लगायतले बहस गरेका थिए ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र बदर गर्दै त्यहा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध वडा सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दायर गरेका थिए । सर्बोच्चमा परेको रिट उपर प्रारम्भिक सुनुवाई गर्दै न्यायाधिश जबराको इजलासले उक्त निर्देशन दिएको हो ।