नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

१६ सय ५१ लाभग्राहीलाई दोस्रो किस्ता , तेस्रो किस्ता लिनेको संख्या शुन्य

ओखलढुङ्गा, जेठ २०।
ओखलढुङ्गा जिल्लामा स्थाई आवास पुननिमार्ण गरिरहेका भुकम्प प्रभाबित लाभग्राहीहरुले अहिले सम्म तेस्रो किस्ता बापतको रकम पाउन सकेको छैन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले २०७२ बैशाख १२ गते गएको भूकम्पबाट ध्वस्त भएका जिल्लाका कूल १९ हजार ८ सय १९ घरधुरी मध्ये अहिले सम्ममा कसैले पनि तेस्रो किस्ता बापतको रकम नलिएको जनाएको छ ।

सरकारी नियमअनुसार लाभग्राहीले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख पचार हजार र तेस्रो किस्तामा थप एक लाख गरी कूल तीन लाख पाउने व्यवस्था रहेको छ । जिल्लाका कुल लाभग्राही मध्ये १८ हजार ७ सय १ जनासंग अनुदान संझौता भएकोमा १८ हजार ६ सय ४४ जनाले पहिलो किस्ता बापतको रकम पाईसकेका छन् । ति मध्ये स्थाई अावास निमार्णको पहिलो चरणको काम पुरा गरी १ हजार ६ सय ५१ जनाले दोस्रो किस्ता बापतको १ लाख ५० हजार रुपैया बुझेका छन् । शनिवार सम्ममा दाेस्राे किस्ताका लागि कुल २४०१ (दुइहजार चारसय एक ) जनाकाे सिफारिस भैसकेकाे छ । तथ्याङकलाई हेर्दा ओखलढुंगामा पुननिमार्णको काम निकै सुस्त देखीएको छ । पुननिर्माणकाे काम अाेखलढुङ्गामा सुस्त देखिएपनि भुकम्प अति प्रभावित १४  जिल्ला मध्ये दाेश्राे किस्ता रकम निकासा धेरै गर्ने पहिलाे जिल्ला भने बन्न सफल भएकाे छ । 

पुननिर्माणको गति सुस्त

जिल्लामा पुननिमार्णको काम धमाधम भैरहको भएपनि तेस्रो किस्ता लिने लाभग्राहीको संख्या शुन्य रहेको देखिएको छ । तर गाँउगाउमा खटिएका ईन्जिनियरहरुले भने स्थाई आवास निमार्ण गरिरहेका लाभग्राही मध्ये केहिको मात्रै तेस्रो किस्ताका लागी मापदण्ड पुगेको बताउने गरेका छन् । मापदण्ड पुगेका ति घरहरुलाई तेस्रो किस्ताका लागी सिफारीस गरिएको बताईएको छ । तर राष्ट्रिय पुननिमार्ण प्राधिकरण, जिल्ला समन्वय समितिका अनुसार ओखलढुंगामा दुई जनाको मात्रै तेस्रो किस्ताका लागी सिफारीस भएको छ ।

स्थाई आवास निमार्णका लागी पहिलो किस्ता लिएका लाभग्राहीले घरको क्लिन लेवल अर्थात जगसम्मको काम सकिसकेपछि दोस्रो किस्ता बापतको १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन् । त्यसपछि डिपिसी लेवल अर्थात जगभन्दा माथिको काम सकेर फिनिसीङ लेवलमा पुगेपछि तेस्रो किस्ता वापतको १ लाख रुपैया पाउनेछन् ।

तेस्रो किस्ता लिने लाभग्राहीले घर निमार्ण सम्पन्न गरेपछि अनिवार्य एउटा ट्वाईलेट र सौर्य बत्ति जडान गर्नुपर्नेछ । त्यसपछि मात्र तेस्रो किस्ताको एक लाख रुपैया पुरै पाईनेछ । यदि ट्वाईलेट र सौर्य बत्ति नभएमा २५ हजार रुपैया कटौती हुने बताईएको छ ।