नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

चितवनको भरतपुर १९ मा पुन निर्वाचन


काठमाण्डौ, जेठ २० ।
चितवनको भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरको छ । जेठ १४ गते राति मतगणना भैरहेको स्थलमा केही व्यक्तिहरुले गणना भै रहेको मतपत्र च्यातेका थिए । मतगणना स्थलमा मतपत्र च्यातिएपछि मतगन्न स्थगित भएको थियो । घटनामा सहभागीलाई प्रहरीे तत्काले नियन्त्रणमा लिएपनि उत्पन्न विवादका कारण मतगणना स्थगित भएको थियो ।

मतगणना स्थगित भएको एकहप्ता पछि निर्वाचन आयोगले विवादित उक्त वडामा पुन मतदान गर्ने निर्णय सार्वजनिक गरेको हो । निर्वाचन आयोगले विवादित १९ नम्बर वडामा पुन मतदान गर्ने निर्णय गरेपनि एमालेले भने आफ्नो पार्टीले सशक्त प्रतिरोध गर्ने जनाएको छ ।

निर्वाचन अायाेगकाे निर्णयकाे प्रेस विज्ञप्ती पुर्णपाठ