नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

को हुन् वाम गठबन्धनका उम्मेदरवार मोहनकुमार खड्का ‘हिमशिखर’

हिमशिखरः ‘जागिरे जीवन त्यागेर समाज परिर्वतनमा होमिएका योद्धा

                              माेहनकुमार खड्का हिमिशखर

ओखलढुङ्गान्युज डटकम, कात्तिक १०, ओखलढुंगा ।

चर्चामा रहेको वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् मोहन कुमार खड्का हिमशिखर । आगामी मंसिर १०मा हुने पहिलो चरणको संसदीय निर्वाचनमा प्रदेश सभा सदस्यका लागि उमेद्वार हुन उनी । खड्का ओखलढुंगाको साविक क्षेत्र नं. २, प्रदेश ख बाट उम्मेदवार बनेका छन् । उनी वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

जिल्लामा निरन्तर रहेर भूगोलको राजनीति गरेका खड्का पहिलो पटक चुनावी मैदानमा उत्रिए पनि निर्वाचन परिचालन र योजना निर्माणमा अब्बल मानिन्छन् । भूमिगत राजनीतिमा उनको उपनाम ‘हिमशिखर’ भएकाले धेरैले उनलाई हिमशिखर नै भनेर चिन्ने गरेका छन् । जागिरे जिवन, भुमिगत राजनीतिमा होस् या पछिल्लो समय, सबैको मनमस्तिष्कमा बस्न सफल ओखलढुङ्गाका एक राजनीतिज्ञ हुन् हिमशिखर ।

को हुन् मोहनकुमार खड्का

मोहनकुमार खड्का २०२३ सालमा ओखलढुंगाको साविक सिंहदेवी, हाल लिखु गाउँपालिका २ मा जन्मिएका थिए । आमा हिरादेवी खड्कार बुबा नरबहादुर खड्काबाट जन्मिएका ६ दिदी–बहिनी र ६ दाजु–भाइ गरी एकदर्जन दाजुभाइ दिदीबहिनी मध्ये खड्का साहिला छोरा हुन् ।

उनी मालेकालीन कम्युनिष्ट पार्टीका सदस्य हुन् । निर्दलीय व्यबस्था कि बहुदलीय ब्यबस्था भनेर जनमत संग्रह हुदै गर्दा अखिल एकताको पाँचौबाट ०३६ सालमा राजनीति शुरु गरेका खड्का २०४० सालदेखी शिक्षण पेशामा आबद्ध भए । २०४५ सालमा तत्कालीन नेकपा मालेको उमेद्वार सदस्य भएका खड्का ०४७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य बने । शिक्षक भएर कम्युनिष्ट राजनीति गरेका उनी नेकपा माक्र्सवादीसँग मालेको एकतापछि बनेको नेकपा एमालेको शिक्षक संगठनको जिल्लाको नेतृत्व तहमा बसेर लामो समय काम गरे ।

२०५३ सालमा राष्ट्रिय जनवादी क्रान्तिकारी मोर्चाको केन्द्रिय सदस्य बनेका खड्का ०५४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन अन्तर्गत नेकपा(एमाले)को फ्याक्सन सेक्रेटरी बने । राष्ट्रिय जनवादी क्रान्तिकारी मोर्चाको केन्द्रिय सदस्य हुदै गर्दा उनलाई माओवादीको अभियोगमा प्रहरीले पक्राउ गरी ७ दिनसम्म हिरासतमा राखी चरम यातना दियो । प्रहरी हिरासतवाट निस्किएपछि पनि उनलाई माओवादी जनयुद्धमा नहोमिए सम्म पटक पटक गरी ७ पटकम सम्म प्रहरीले पक्राउ गरी हिरासतमा राख्दै यातना दियो ।

कम्युनिष्ट भएका कारण देशमा नेपाली कांग्रेसको सत्ता भएको बेला उनले धेरै दुःख तथा यातना समेत भोग्नु प¥यो । कांग्रेसी सत्ताको चरम दुरुपयोग र दमनका कारण अन्याय, अत्याचारको विरुद्ध लागिपर्ने प्रणगर्दै देशमा नेकपा(माओवादी)ले जनयुद्ध सञ्चालन गर्दै गर्दा उनी सोही पाटीको पार्टी सदस्य बने ०५६ सालमा । २०५८ को जेठमा नेपाल बुद्धिजीवी संगठनको जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य समेत बने ।

त्यतिवेलाको काँग्रेसी सत्ताले कम्युनिष्ट खेदाउने अभियानमा धेरै पटक कोपभाजनमा परेका थिए खड्का । अन्ततः पेन्शन हुने बेलाको जागिरे जीवन छोडेर अन्यायको विरुद्ध लड्न ०५८ सालको भदौ महिनावाट नेकपा माओवादीको पूर्णकालीन सदस्य हुदै भूमिगत राजनीतिमा सामेल भए । २०५९ मा नै जिल्ला कमिटीको सदस्य बनेका उनी ०६१ सालमा नेकपा माओवादीका जिल्ला सेक्रेटरी एवम् उपब्युरो सदस्य भए । २०६६ सालसम्म नै उनी जिल्ला सेक्रेटरी भएर रहे ।

२०६७मा उनी एमाओवादी ओखलढुङ्गाको सहईञ्चार्ज भए भने ०६८मा नेकपा–माओवादीको जिल्ला ईञ्चार्ज र ०७१ मा नेकपा–माओवादीको केन्द्रिय सदस्य बने । २०७३ सालमा नेकपा (माओवादी केन्द्र)को  केन्द्रिय सदस्य र ओखलढुङ्गा जिल्ला संयोजक बनेका उनी हाल नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य छन् ।

खड्का शिक्षाको मन्दिरको रुपमा लिईने संस्था हिमगंगा क्याम्पस साँघुटार, रामेछाप र युगकवि सिद्धिचरण क्याम्पस गाम्नाङ्गटार, ओखलढुङ्गाको सस्थापक सदस्य समेत हुन् । ०६४ सालको संविधान सभा निर्वाचनमा माओवादी जिताउने अभियानको कमाण्ड सम्हालेका खड्का अहिले ओखलढुङ्गामा वाम गठबन्धनको तर्फबाट प्रदेश ख का उम्मेदवार बनेका छन् ।

राजनीतिक न्याय र परिर्वतनका लागि हिमशिखरलाइ मतदान

जागिरे जीवन छोडेर समाज राजनीतिमा होमिएका उनी गणित विषयका माध्यमिक तहका शिक्षक थिए । अधिकृत स्तरको जागिर त्यागेर भ्रष्टाचार, अन्याय र अत्याचारका विरुद्ध विगुल फुक्न उद्धत एक जना युवा अहिले राजनीतिक परिर्वतन र सामाजिक न्यायको अभियान्ता बनेकै कारण उम्मेदवार बन्न सकेको वाम गठबन्धनको ठहर छ ।

धेरैले राजनीतिमा लागेर पद, प्रतिष्ठा र आर्थिक आर्जन गरेका छन् । तर, ठिक विपरित सामाजिक न्याय र समतामुलक समाज निर्माणको अभियानमा व्यक्तिगत सुखसयल र जागिरे जीवन त्यागेर परिवर्तनमा लागेका खड्कालाई राजनीतिक न्याय र समाजको सहि विकास र निकास दिने नेतृत्व भएकाले मतदान गर्न गठबन्धनले अपिल गरेको छ ।

उनी काँग्रेसका जिल्ला सभापति प्रदिपकुमार सुनुवार, जो काँग्रेसको रेड जोन १ बाट सेफजोन मानेर क्षेत्र नं. २ मा गएर उम्मेदवार बनेका छन् तीनै सुनुवारसँग भिड्दैछन् । सेफजोन मानेर क्षेत्र नं. २ मा उमेद्वारी दिएका कांग्रेस सभापति सुनुवारलाई भने दातमा ढुङ्गो लागेको छ । आफ्नै पार्टीको भगिनी संस्था तरुणदलका जिल्ला अध्यक्षले बागी उमेद्वारी दिएपछि काँग्रेसमा खैलाबैला समेत मच्चिएको छ । वागी उम्मेदवार पनि यही क्षेत्रमा रहेकाले खड्काको जीत सहज रहेको आँकलन गरिएको छ ।

वाम गठबन्धनबाट क्षेत्र नं. १ मा अम्बिरबाबु गुरुङ र संघीय प्रतिनिधी सभामा यज्ञराज सुनुवार उम्मेदवार छन् । अब गठबनन्धनमा १ क्षेत्र  र संघमा जिल्लाभरका माओवादी एमाले कार्यकता र समर्थकहरुले सूर्य चिन्ह र क्षेत्र नं.२ मा गोलाकारभित्रको हसिया हथौडामा मतदान गर्ने छन् ।