नेपाली समय Loading...२०८१ माघ २ बुधबार

मानेभञ्ज्याङ: राष्ट्रपति रनिङशिल्डको उपाधी भगवतीलाई

ओखलढुङ्गान्युज, २८ पुष । मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिताको उपाधि भगवती मावि मानेभन्ज्याङले जितेको छ । आइतबार हर्कपुरमा सम्पन्न भएको प्रतियोगितामा भगवती माविले कुल २२ पदकका साथ उपाधि जितेको हो ।


आइतबार हर्कपुरमा सम्पन्न भएको प्रतियोगितामा भगवती मावि मानेभन्ज्याङले ९ स्वर्ण, ११ रजत र २ कास्य सहित कूल २२ पदकका साथ प्रथम भएको हो । त्यस्तै ब्यबस्थापक रहेको हर्कपुर मावि हर्कपुर ८ स्वर्ण, ५ रजत र ६ कास्य सहित कुल १९ पदकका साथ दोस्रो भएको छ । उता कालिका मावि मोलीले पनि ५ स्वर्ण, ४ रजत र २ कास्य पदक सहित कुल ११ पदक जित्दै तेस्रो बनेको छ ।

छात्रा भलिबल प्रतियोगितामा प्रथम र द्वितीय स्थानका लागि खेल्ने खेलाडीहरु

छात्रा भलिबलमा कालिका मावि मोली प्रथम बनेको छ ।

सम्पन्न भएको प्रतियोगितामा निकेतन मावि माधवपुरले ३ स्वर्ण, २ रजत र ६ कास्य सहित कूल ११ पदक जित्दै चौंथो बनेको छ । उता भिमसेन स्थान मावि केतुकेले पनि ३ स्वर्ण, १ रजत र ३ कास्य सहित ७ पदक साथ पाँचौं बनेको छ ।
त्यसैगरी, सम्पन्न प्रतियोगितामा राज्यलक्ष्मी मावि उँबुले २ स्वर्ण, ६ रजत र ५ कास्य सहित कुल १३ पदक प्राप्त गरेको छ । मनकामना मावि वाक्साले १ रजत, ४ कास्य सहित कूल ५ पदक तथा महादेव स्थान मावि हिलेपानीले २ कास्य पदक प्राप्त गरेको छ ।

छात्र भलिबलमा भिमसेन स्थान मावि केतुके प्रथम बनेको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा विजेता विद्यालय तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति टेकराज भट्टराई, मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्ष आश्रचन राइ, खेलमैदानको जग्गादाता तथा राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुङ्गाका नेता राजन दाहाल तथा मानेभञ्ज्याङ गाँउपालिकाका वडा नं. १ का वडा अध्यक्ष राज कुमार रुम्दाली लगायतका अतिथिहरुले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
पुष २५ गतेदेखि सुरु भएको प्रतियोगिता २७ गते सकाउने भनिए पनि प्रतियोगिताका इभेन्टहरु नसकिदा २८ गतेसम्म लम्बिएको हो । आगामी हुने अर्को संस्करण राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका लागि राज्य लक्ष्मी मावि उँबुले गर्ने गरि झण्डा हस्तान्तरण गरिएको छ ।