नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

११ औं संस्करणको एभरेष्ट ट्रेल रेस सुरु

ओखलढुङ्गान्युज, कात्तिक २९ । आईतबारबाट सोलुखुम्बुमा ११ औं संस्करणको एभरेष्ट ट्रेल रेस प्रतियोगिता सुरु भएको छ । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेस्ट ट्रेल रेसको नयाँ संस्करण सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

सोलुखुम्बुको पत्ताले धापबाट आईतवार सुरु भएको ट्रेल रेसको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरेका हुन् । कुल एक सय ७५ किलोमिटर लामो रहको यो दौडमा १० देशका २९ जना धावक सहभागी रहेको सो ट्रेल रेसमा नेपाली भने दुईजनाले मात्रै सहभागीता जनाएको आयोजकले जनाएको छ ।

सोलुखुम्बुमा प्रत्येक बर्ष सञ्चालन भैरहेको यो एभरेस्ट ट्रेल रेस नेपाल पर्यटन वर्ष २०११ देखि शुरु भएको हो । निरन्तर छ दिनसम्म चल्ने ट्रेल रेसमा निर्धारित १ सय ७५ किलोमिटर दुरीमध्ये ३३ किलोमिटर दुरी उकालो–ओरालो मात्रै रहेको छ । सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेसी, थुप्तेनछोलिङ, रिङमु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर त्यहाँबाट खुम्जुङ हुँदै नाम्चेबाट लुक्लामा झरेर सकिनेछ ।

एभरेस्ट ट्रेल रेस अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपीडिशन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । प्रतियोगितामा प्रथम हुनेले २ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्ने अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए ।