नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ब्राजिलको विमान दुर्घटनामा परी १० को मृत्यु

विदेश, कातिक १४ ब्राजिलमा आईतबार भएको विमान दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तर पश्चिमी एकर राज्यमा भएको सानो विमान दुर्घटनामा एक शिशु सहित १० जनाको मृत्यु भएको हो ।

विमानमा  सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर राज्य सरकारले जनाएको छ । दुर्घटनामा विमान चालक र सहचालकसहित नौ वयस्क र एक शिशु रहेकोमा उनीहरु सबैको दुःखद निधन भएको हो । विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको राष्ट्रियता भने पहिचान नभएको बताइएको छ ।

यसैबीच ब्राजिलियन अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिने घोषणा गरेका छन् । स्थानीय कम्पनी एआरटी ट्याक्सी एरेओले सञ्चालन गरेको उक्त विमान छिमेकी अमेजनस राज्यको एनविरा सहरतर्फ गइरहेको थियो । विमानमा एक्कासी आगो निस्कियो तथा पेरु र बोलिभियासँगको ब्राजिलको सीमा नजिक दुर्गम क्षेत्रमा जङ्गलमा आगो लागेको अन्तराष्ट्रिय समाचार एजेन्सी अलजजिराले जनाएको छ ।