नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

मोरक्कोको भूकम्पमा परि मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

ओखलढुङ्गान्युज, भदौ २४ । शुक्रबार राति अफ्रिकी मुलुक मोरक्कोमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । मोरक्कोको सरकारी गृह मन्त्रालयका अनुसार भूकम्पमा परिन १ हजार ४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् ।

मोरक्कोमा भूकम्पले निम्ताएको महाविनासपछि त्यहाँको सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । विनाशकारी भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि समेत सरकारले आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेका हजारौं मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् ।

शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले सबैभन्दा बढी पहाडी क्षेत्रमा क्षति गरेको छ भने खोज तथा उद्धार कार्य जारी छ । क्षतिग्रस्त बनेका ग्रामीण क्षेत्रबाट एकिन विवरण आउन बाँकी रहेकाले भूकम्पका कारण मृतक भएका र घाईतेहरुको संख्या बढ्न सक्ने अनुमान त्यहाँका अधिकारीहरुले गरेका छन् ।