नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

खाना पकाउने ग्यासको मूल्य घट्दा पेट्रोल र डिजलको मूल्य बढ्यो

ओखलढुङ्गान्युज, साउन १७ । बुधबार विहान देखि लागू हुनेगरि नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाउदा अन्य पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । तर निगमले पेट्रोलमा भने ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ मूल्य बढाएको छ । 

पेट्रोलियम पदार्थको मूल्य भारतबाट नै बढेर आएका कारण नेपालमा पनि बढाइएको आयल निगमले जानकारी दिएको छ । पेट्रोलियम पद्धार्थमा भारतसँग मात्रै भर पर्नुपर्ने अबस्थाका कारण भारतबाट आएको मूल्यसूचिमा नेपाल भरपर्नु परेको हो । अब नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ हजार ६ सय ६० मा झरेको छ । तर हवाई इन्धनको मूल्य भने पुरानोलाइ नै यथावत राखिएको निगमले जनाएको छ ।