नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु

ओखलढुङ्गान्युज, बैशाख २८ । जिल्लाको चिशंखुगढी गाउँपालिकामा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा चिशंखुगढी गाउँपालिका वडा नं ४ खस्रेकी ५४ बर्षिया मायापुटी शेर्पा रहेकी छन् ।

विहिवार विहान ६ बजेतिर घरबाट नजिकै रहेको टुहुरे जंगलमा घाँस काट्न गएकी शेर्पा भिरबाट खसेकी थिइन् । भिरबाट करीब ७० मिटर तल खसेकी शेर्पाको घटनास्थलमा नै मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

भिरबाट शेर्पा लडेको बारेमा स्थानीयले विहान ८:३० बजेतिर प्रहरीलाइ खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी चौकी शेर्नाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुग्दा शेर्पा मृत भेटिएको खबर शेर्पा प्रहरीले जानकारी गराएको थियो ।

हाल घटनास्थल शेर्नाको प्रहरीले सुरक्षित राखेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट टीम पठाइएको प्रहरी निरीक्षक दासले जानकारी दिए । जिल्लाको प्रहरी पुगेपछि शबको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइने र अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।